मंसिर २४, २०८२ बुधबार | ०६:५१:४८
राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै

राष्ट्रिय लिग विजेताको पुरस्कार कति ?

काठमाडौं । लामो विवाद, आन्दोलन र शृंखलाबद्ध बैठकहरुपछि पुष अन्तिममा सुरु हुने भनिएको ‘राट्रिय लिग फुटबल प्रतियोगिताको विजेता र उपविजेताले पुरस्कारस्वरुप पदक, प्रमाणपत्र र ट्रफी पाउने तथा प्रतियोगितामा सहभागिता जनाएवापत कुनै पनि टिमले तयारी खर्च पाउने छैनन् ।’

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले अहिलेसम्म पनि प्रतियोगिताका सहभागी टिमले कति तयारी खर्च पाउने तथा विजेताले कति नगद पुरस्कार पाउने, उपविजेता तथा अन्य स्थान हासिल गर्नेको भागमा कति पुरस्कार पर्ने जस्ता विषयमा सार्वजनिक रुपमा केही भनिसकेको छैन । त्यसकारण यो पुष्टि भइसकेको सत्य होइन ।

तर एन्फाले सोमबार राष्ट्रिय लिगका सहभागी क्लबहरुलाई विना कुनै गृहकार्य हास्यास्पद शैलीमा पठाएको प्रतियोगिताको नियमावलीमा भने नगद पुरस्कार तथा तयारी खर्च नदिइने प्रष्टसँग लेखिएको छ । एन्फाले गत वर्ष सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिताको नियमावलीलाई नै प्रमूख पृष्ठ परिवर्तन गरेर राष्ट्रिय लिगको नियमावली भन्दै क्लबहरुलाई इमेल गर्दा त्यस्तो पाइएको हो ।

राष्ट्रिय लिगका सहभागी टिमलाई पठाइएको नियमावलीको मुख्य पृष्ठ ।

एन्फाले राष्ट्रिय लिग २०८२ को नियमावली भन्दै पठाएको ९ पेज लामो नियमावलीको सातौं पेजमा त्यस्तो लापरवाहीपूर्ण हरफहरु छन् । जहाँ सेक्सन १९ अन्तर्गत आर्थिक प्रावधानका दुई बूँदा छन् । बूँदा नम्बर २८ मा लेखिएको छ, ‘एन्फा सहिद स्मारक सी डिभिजन लिग छनोट २०२५ मा टिमहरुलाई तयारी खर्च उपलब्ध गराइने छैन ।’

त्यही शीर्षकअन्तर्गत बूँदा नम्बर २९ को १ मा विजेताले पुरस्कारस्वरुप पदक, प्रमाणपत्र र ट्रफी तथा २ मा उपविजेताले पुरस्कारस्वरुप पदक, प्रमाणपत्र र ट्रफी पाउने उल्लेख छ ।

विना गृहकार्य क्यालेन्डर तथा वार्षिक कार्यक्रमहरु सार्वजनिक गर्ने र अन्त्यमा कार्यान्वयन गर्न नसक्ने भनेर तीन वर्षदेखि आलोचित एन्फाको लापरवाहीको यो पछिल्लो उदाहरण हो ।

एन्फाका एक पदाधिकारी हतारमा नियमावली बनाउन परेका कारण त्यस्तो भए पनि प्रतियोगितामा त्यसले कुनै अशर नगर्ने बताउँछन् ।

‘त्यो अन्तिम ड्राफ्ट होइन । हामी यही हप्ता सहभागी सबै क्लबहरुसँग बैठक बस्दैछौं । त्यही बैठकको तयारीका लागि ड्राफ्टस्वरुप त्यो पठाएका मात्र हौं । क्लबहरुसँगको छलफलपछि सबै टिमले तयारी खर्च पनि पाउँछन् र पुरस्कार राशी पनि तोकिन्छ,’ विजेतालाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने गरि तयारी भइरहेको जानकारी गराउँदै उनले भने ।

राष्ट्रिय लिगका सहभागी टिमलाई पठाइएको सी डिभिजन छनोट प्रतियोगिताको नियमावली ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।

तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका छन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग हुने भएको छ । त्यसका लागि सबै क्लबले टिम दर्ता गराइसकेको एन्फाले जनाएको छ । एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा रहेको हिमालयन शेर्पा क्लबले भने राष्ट्रिय लिगका लागि टिम दर्ता गराएको छैन ।

तत्कालका लागि सहिद स्मारक शीर्ष डिभिजनको लिग टार्ने नियतका साथ राष्ट्रिय लिग गर्न लागिएको  एन्फा तथा क्लबहरुमाथि आरोप छ । फुटबल खेलाडी संघले भने यही वर्ष शीर्ष डिभिजनको लिगबाहेकको विकल्प नमान्ने भन्दै सडक आन्दोलन गरेका थिए । त्यसक्रममा खेलाडीले विरोधस्वरुप आफूले जितेका अन्तर्राष्ट्रिय पदकहरु एन्फाको गेटमा झुण्ड्याएका थिए । नेपाली फुटबलको इतिहासमा खेलाडीहरु सडक आन्दोलनमा उत्रिएको यो पहिलो पटक थियो । 


भिडियो
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP