काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १५६ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले खराब सुरुआत गरेको छ ।
मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा तीन विकेट गुमाउँदै ३४ रन जोडेको छ ।
विराटनगरले पहिलो ओभरमा ओपनर स्याम हेजलेट र मार्टिन गप्टिललाई गुमाएको थियो । स्याम हेजेलेटलाई पहिलो बलमै ‘गोल्डेन डक’को शिकार बनाएका स्कट कुगुलेइनले अन्तिम बलमा मार्टिन गप्टिललाई रनआउट गरे ।
हेजलेटलाई स्कट कुगुलेइनले दीपेन्द्रसिंह ऐरिबाट क्याच गराका थिए । अन्तिम बलमा गप्टिल एक रनका लागि दौडिएका थिए । तर, ‘कम्युनिकेशन ग्याप’का कारण स्ट्राइक पार्टनर फाफ डुप्लेसीले रनका लागि नदौडिदा विराटनगरले विकेट गुमाएको हो ।
दोस्रो ओभरको पहिलो बलमा नरेन भट्टलाई हर्मित सिंहले कुगुलेइनबाट क्याच गराए ।
अहिले क्रिजमा डुप्लेसी र वसीर अहमद छन् । दुबैले तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गरेका छन् ।
