मंसिर २४, २०८२ बुधबार | ०६:४०:३०
राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै राष्ट्रिय लिग विजेताको पुरस्कार कति ? एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै विराटनगरविरुद्ध प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा विराटनगरको खराब सुरुआत, पावरप्लेमा गुमायो तीन विकेट सुदूरपश्चिमलाई पहिलो ओभरमा गप्टिलको पनि विकेट हेजलेट ‘गोल्डेन डक’ विराटनगरविरुद्ध सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य विराटनगरविरुद्ध विनोदको अर्धशतक, सुदूरपश्चिमको एक सय रन पूरा पावरप्लेमा सुदूरपश्चिमले जोड्यो ४२ रन च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै

एनपिएलः लुम्बिनी र काठमाडौं क्वालिफायर प्रवेशका लागि भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको इलिमिनेटरमा बुधबार लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो ४ बजे हुनेछ ।

मोन्टी देसाईको नेतृत्वमा रहेको काठमाडौंले तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको थियो । काठमाडौंले सातमध्ये पाँच खेलमा जित हासिल गरेको थियो । नेट रनरेटमा चुकेपछि काठमाडौं पहिलो क्वालिफायर खेल्नबाट बञ्चित भयो ।

उता टिनु योहाननको लुम्बिनी लायन्स चौथो स्थानमा रहँदै दोस्रो चरण प्रवेश गर्न सफल भयो । लुम्बिनीले कूल चार खेलमा विजयी हासिल गरेको थियो ।

बुधबारको विजेताले बिहीबार विराटनगरसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । विराटनगरले मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेको थियो ।

एनपिएल इतिहासमा यी दुई तेस्रो पटक आमने-सामने हुँदैछन् । पछिल्ला दुबै भेटमा काठमाडौंले लुम्बिनीविरुद्ध बाजी मारेको छ । गत सिजन १८ रनको जित हासिल गरेको काठमाडौंले यसपाली लुम्बिनीलाई २२ रनले हरायो ।

यसपालीको जितमा कप्तान करण केसीले कप्तानी पारी खेलेका थिए । पारी उकास्ने जिम्मेवारीका साथ नवौं नम्बरमा ब्याटिङका लागि आएका करणले ११ बलमा एक चौका र चार छक्कासहित ३४ रनको सानदार पारी खेलेका थिए । जसका कारण काठमाडौंले २० ओभरको समाप्तिमा १५७ रनको योगफल खडा गरेको थियो । पछि बलिङमा उनले एक विकेट पनि लिए ।

काठमाडौंका शाहब आलमले अघिल्लो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेट लिएका थिए । लुम्बिनीविरुद्ध यिनै स्पिनर शाहब हेर्नलायक खेलाडीमध्ये हुन् । निर्णायक खेलमा जनकपुर बोल्ट्सलाई हराउँदा ‘प्लेयर अफ दि म्याच’ प्रदर्शन गरेका रोहित पौडेल लुम्बिनीका हेर्नलायक खेलाडी हुन् । उनले जनकपुरविरुद्ध ४५ रनको पारी खेलेका थिए ।

गत सिजनझैं यसपाली पनि रोहितको ब्याटबाट रन निस्किरहेको छ । सात खेलमा रोहितले कूल २०८ रन जोडिसकेका छन् ।


भिडियो
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP