काठमाडौं । नेपाली राष्ष्ट्रिय महिला फुटबल टोलीले भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार इरानको सामना गर्दैछ ।
खेल सिलोङस्थित जवहारलाल नेहरु रंगशालामा नेपाली समयअनुुसार साँझ ६ः१५ मा सुरु हुनेछ ।
सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपाल इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआतको लक्ष्यमा छ ।
यता इरान पनि आफ्नो विजयी यात्रलाई कायम राख्न चहान्छ । पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २-० को जित निकालेको थियो ।
नेपाल र इरान ६ वर्षपछि आमने सामने हुँदैछन् । पछिल्लो पटक यी दुईको भेट सन् २०१९ मा भएको थियो ।
भारतकै कालिङ्गा रंगशालामा हिरो महिला कप अन्तर्गतको उक्त खेलमा नेपाल ३० ले विजयी भएको थियो ।
नेपालकी कप्तान सावित्रा भण्डारी बलियो टोली इरानविरुद्ध खेल्न मानसिक तथा शारीरिक रूपमा तयार रहेको बताउँछिन् ।
‘इरान बलियो टोली हो । तर हामी उनीहरूको सामना गर्न मानसिक तथा शारीरिक रूपमा तयार छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं,’ सावित्रले खेलअघि भनेकी थिइन् ।
