कार्तिक ७, २०८२ शुक्रबार | १५:२८:२२
अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी

पोखरामा इङ्लिस ब्याटर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएलको) फ्रेन्चाइज पोखरा एभेन्जर्सले मंसिर १ गतेबाट सुरु हुने दोस्रो सिजनका लागि इङ्ल्यान्डका विकेटकिपिङ ब्याटर एडम रोसिङटनलाई भित्र्याएको छ ।

स्तरोन्नति हुँदै गरेको कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा मंसिर २७ गतेसम्म हुने एनपिएल दुईका लागि ३२ वर्षे इङलिस क्रिकेटरलाई भित्र्याएको पोखरा एभेन्जर्सले जनाएको छ ।

शीर्ष क्रमका ब्याटर रोसिङटनले इङ्लिस काउन्टीमा मिडलसेक्स, नर्थह्याम्पटनसायर र एसेक्सबाट सय भन्दा बढि पहिलो श्रेणीको खेल खेलेका थिए । उनीसँग इङ्ल्यान्डबाहिर पाकिस्तानको कराची किंग्सबाट पाकिस्तान सुपर लिग, दक्षिण अफ्रिकाको एसए-२० मा सनराइजर्स इस्टर्न केप, तथा युएईको आइएलटी-२० मा दुबई क्यापिटल्सबाट खेलेको अनुभव छ ।

पहिलो पटक नेपालमा व्यावसायिक क्रिकेट खेल्न आउन लागेको कुरालाई लिएर आफू निक्कै उत्साहित रहेको रोसिङटनलाई उधृत गर्दै पोखराले जनाएको छ । पोखराले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै रोलिङटनको आक्रामक ब्याटिङ र अनुभवका कारण टिमको प्रदर्शनले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी पोखरासँगै विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain