कार्तिक ७, २०८२ शुक्रबार | १४:३८:३३
अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टोले कर्णालीबाटै खेल्ने पोखरामा इङ्लिस ब्याटर मेसीले गरे इन्टर मियामीसँगको सम्झौता नवीकरण वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो महिला एकदिवसीय विश्वकप: भारतले न्युजिल्यन्डलाई हरायो इरानको सामना गर्दै नेपाल काभा कप भलिबलः नेपाल लगातार दोस्रो खेलमा पराजित बराबरीमा सकियो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखला अस्ट्रेलियालाई भारतविरुद्धको एकदिवसीय शृंखला कर्णालीले सार्वजनिक गर्यो जर्सी

वेस्ट इन्डिविरुद्धको एकदिवसीय शृंखला बंगलादेशले जित्यो

काठमाडौं । घरेलु टोली बंगलादेशले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

मिरपुरस्थित शेर बंगाल रंगशालामा बिहीबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा बंगलादेशले १७९ रनको फराकिलो जित दर्ता गर्यो ।

यससँगै बंगलादेशले तीन खेलको शृंखला २-१ ले आफ्नो पक्षमा पार्यो । यसअघि बंगलादेशले  ७४ रन तथा वेस्ट इन्डिजले सुपर ओभरमा विजयी भएका थिए ।

बंगलादेशले प्रस्तुत गरेको २९७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३०.१ ओभरमा ११७ रनमै समेटियो ।

वेस्ट इन्डिजका लागि  अकिल होसेनले २७, ब्रेन्डन किंगले १८, जस्टिन ग्रिभ्स, एलिक एथानाजे र केस्सी कार्टीले समान १५ तथा शेर्फन रादरफोर्डले १२ रन बताए ।

बंगलादेशका लागि  नासुम अहमद र रिशाद होसेनले समान तीन तथा तान्वीर इस्लाम र कप्तान मेहदी हसन मिराजले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९६ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि सौम्य सरकारले ८६ बलमा सात चौका र चार छक्काको मद्दतले सर्वाधिक ९१ रनको योगदान गरे । यसैगरी  सैफ हसनले ७२ बलमा समान ६ चौका र छक्कासहित ८०, नज्मुल होसेन शान्तोले ४४, तोविड हृदयले २८, मेहदी हसन मिराजले १७ र नुरुल हसनले १६ रन बनाए ।

पहिलो विकेटका लागि सरकार र हसनले १७६ रनको साझेदारी गरेका थिए । यसैगरी तेस्रो विकेटका लागि शोन्तो र हृदयबीच ५० रनको साझेदारी भएको थियो ।

वेस्ट इन्डिजका लागि अकिल होसेनले चार, एलिक एथानाजे दुई तथा रोस्टन चेज र गुडाकेश मोतीले समान एक विकेट लिए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain