आश्विन ३०, २०८२ शुक्रबार | ००:५९:०९
लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र लखनऊ सुपर जायन्ट्ससँग जोडिए केन विलियमसन लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र

राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फ)का पूर्व अध्यक्ष गणेश थापा  एएफसी एसिया कप छनोट खेलेर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीको स्वगतका लागि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिए ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्धबाट फुकुवा भएपछि फुटबलका विभिन्न कार्यक्रममा देखिन थालेका थापा टिमको स्वागत गर्न विमानस्थल भने पहिलो पटक पुगेका हुन् ।

भियतनामसँग दुई खेल खेलेर बिहीबार नेपाल आइपुगेको टोलीलाई थापासहित एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, केन्द्रिय सदस्य रविन्द्र चन्द, रुपेश अधिकारी र प्रवक्ता सुरेश शाहलगातयले स्वागत गरेका थिए ।

भ्रष्टाचारको आरोपमा फिफाले थापामाथि लगाएको प्रतिबन्ध गत वैशाख २ गते सकिएको थियो । प्रतिबन्धकालमा थापा कुनै पनि संगठित फुटबलमा संलग्न हुन पाउँदैनथे ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान थापाले एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष तथा फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।
 


भिडियो
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI