चैत्र १७, २०८२ मंगलबार | ०३:१०:४३
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन

नेपालगन्ज । आगाम मंसिर १८ गते नेपालगन्जमा पहिलो पटक हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह-प्रायोजन गर्ने भएको हो ।

बिहिबार आयोजक लुम्बिनी स्पोर्टस अवार्डका संयोजक चाहना शाह र केल्मी नेपालगन्ज सोरुम प्रतिनिधि सिर्जना थपलियाले सम्झौतापत्र आदान-प्रदान गरे ।

खेलाडी र खेलकर्मीको उपलब्धिलाई सम्मान गर्दै आयोजना हुन लागेको लुम्बिनी स्पोर्टस अवार्डमा जोडिन पाउँदा खुसी लागेको थपलियाले बतााए ।

‘खेलक्षेत्रमा हुने यस्ता सम्मानले नेपाली खेलाडी र खेलकर्मीको मनोबललाई बढाउने काम गर्छ । अवार्ड कार्यक्रममा सहकार्य गर्ने अवसर दिएकोमा आयोजकलाई धन्यवाद । कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु, थपलियाले भनिन् ।

रंगशाला नेपाल मिडिया प्रालीको आयोजनामा हुन लागेको अवार्डमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिँदैछ । अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धि र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताइन् ।

‘लुम्बिनी प्रदेश खेलकुदका क्षेत्रमा निकै सशक्त प्रदेश हो । तर यहाँ खेलाडी र खेलकर्मीको मनोबल बढाउनका लागि निकै थोरै कार्यक्रमहरु हुने गरेका छन् । हामीले खेलकुदमा आफनो जीवन समर्पण गरेका र खेलमा नयाँ सम्भावना देखेर मिहिनेत गरिरहेका खेलाडीहरुको हौसला बढाउन पनि यो अवार्ड कार्यक्रम गर्ने तयारी गरेका हौं,’ शाहले भनिन् ।

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, र उत्कृष्ट टिमलाई अवार्ड प्रदान गरिनेछ । त्यस्तै विशेष अवार्डको विधा रहेको छ ।

२०७३ साल जेठ १८ गते स्थापना भएको रंगशाला नेपाल मिडिया प्रालीले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो