काठमाडौं । पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा नेपालले एएफसी यु-१७ एसियन कप छनोटमा तुर्किमिनिस्तानविरुद्ध दूर्भाग्यजनक बराबरी खेलेको छ ।
बुधबार चोनबुरी रंगशालामा सम्पन्न समूह ‘एफ’को खेलमा तुर्किमिनिस्तानका गोलकिपर लेली शारिपोभा नेपालले गोल गर्न नसक्नुको मुख्य कारण बनिन् । नेपालका आधा दर्जनभन्दा बढी अवसरमा शारिपोभा बाधक बनिन् ।
मुसलधारे वर्षाबीच हिलाम्मे मैदानमा नेपालले खेल अवधिभर तुर्किमिनिस्तानलाई दबाबमा राख्यो । तर, गोल भने निस्किएन । नेपालले सातौं मिनेटमा पहिलो अवसर सृजना गरेको थियो । तर, बक्सभित्रबाट कप्तान भूमिका बुढाथोकीको लेफ्ट फुटेड प्रहार गोलकिपर लेली शारिपोभाले बचाइन् । ३३औं मिनेटमा मिडफिल्डर बब्तिका कार्कीको कर्नरमा फरवार्ड अनिता रानामगरको हेडरले गोलपोस्टको दिशा लिन सकेन । पाँच मिनेटपछि भूमिकाको पासमा फरवार्ड यमुकमारी बिकको फस्ट टच प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन । एक मिनेटपछि बब्तिाको सुन्दर थ्रु पासमा अनिताको प्रहार शारिपोभाले बचाइन् ।
खेलको ४९औं मिनेटमा भूमिका र अनिताले तुर्किमिनिस्तानको अनियन्त्रित रक्षापङ्क्तिको फाइदा उठाउन सकेनन् । ६१औं मिनेटमा भूमिकाको पासमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी स्ट्राइकर पूजा गिरीको प्रहार शारिपोभाले बचाइन् । तीन मिनेटपछि अनिताको ‘एटेम्प्ट’मा पुनः शारिपोभा बाधक बनिन् ।
खेलको ७०औं मिनेटमा बब्तिकाको प्रहार शारिपोभाले बचाइन् । ७६औं मिनेटमा ग्यान्सु डोल्मा लोको फ्रिकिक पासमा यमकुमारीको हेडर शारिपोभाले बचाइन् । निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा रक्षक अलिजा कुमारी बिकको प्रहार क्रसबारमा लागेर फर्किँयो ।
नेपालले शुक्रबार दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग खेल्नेछ । थाइल्यान्डले पहिलो खेलमा तुर्किमिनिस्तानलाई १७–० ले पराजित गरेको थियो । बुधबारको नतिजासँगै तुर्किमिनिस्तानको एसियन कप पुग्ने चुनौती सकिएको छ । थाइल्यान्डलाई हराए नेपाल शीर्ष स्थानमा रहँदै अर्को वर्ष चीनमा हुने एसियन कपमा पुग्नेछ । नेपालसँग बराबरी नतिजाले थाइल्यान्डलाई एसियन कप पुर्याउनेछ ।
त्यसैले अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनाउने हो भने नेपालले थाइल्यान्डलाई हराउन