आश्विन २९, २०८२ बिहीबार | २०:१२:३९
लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने लुम्बिनीले भित्र्यायो अस्ट्रेलियन ब्याटर शर्ट जापानलाई हराउँदै युएई विश्वकपमा लुम्बिनी स्पोर्टस अवार्डलाई केल्मीको प्रयोजन राष्ट्रिय टोलीको स्वागत गर्न विमानस्थल पुगे एन्फाका पूर्वअध्यक्ष थापा नेपालगन्ज राष्ट्रिय खुला पौडी च्याम्पियनसिप कार्तिकमा हुने राखेप र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच सम्झौता कर्णालीलाई नेबिकोको साथ डी जोङले गरे बार्सिलोनासँगको सम्झौता नवीकरण यी हुन् आइसीसी टी-२० विश्वकपमा छनोट भएका १९ राष्ट्र सन् २०३० को कमनवेल्थ गेम्स भारतमा हुने

कर्णालीलाई नेबिकोको साथ

काठमाडौ । नेपाल प्रिमियर लिग (एनपिएल)को  फ्रेन्चाइज टोली कर्णाली याक्सलाई नेबिकोले सह-प्रायोजका रूपमा साथ दिने भएको छ ।

बिहीबार कर्णाली याक्स स्पोर्टस प्रालि र नेबिको लिमिटेडबीच सम्झौता भयो । याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका प्रतिनिधि अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुण पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत पनि उपस्थित थिए ।

कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउदै एनपीएल हुन लागेकोमा खुसी व्यक्त गरे । यस्तै घिमिरेले नबिकोसँगको सहकार्यले टोलीको हौसला बढेको बताए ।

नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविस्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । उनले उत्पादनमा ६ दशक पूरा गरेको बताउदै यो सहकार्यले व्यवसायीक यात्रा सहयोगमा पुर्याउने विश्वास व्यक्त गरे ।

सम्झौता एनपिएलको दोस्रो संस्करणको लागि भएको हो । एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।

गत वर्ष मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ ।


भिडियो
ANFA का पूर्व अध्यक्ष GANESH THAPA VIETNAM बाट फर्किएकोराष्ट्रिय टोलीको स्वागत गर्न पुगे विमानस्थल
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI