काठमाडौं । एएफसी महिला एसियन कप छनोटमा समूह चरणको आफ्नो अन्तिम खेलमा पहिलो हाफमा नेपाल घरेलु टोली उज्वेकिस्तानसँग ३-१ ले पछि परेको छ ।
बुन्योदकोर रंगशालामा जारी खेलमा उज्वेकिस्तानका लागि डियाेरा खाबबुलेएभा र मातफुना सोयीमोभाले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । नेपाला लागि सावित्रा भण्डारीले गोल फर्काइन् ।
खेलको दोस्रोे मिनेटमै आबबुलेएभाको गोलमार्फत उज्वेकिस्तानले अग्रता लिएको थियो । फेरुजा टुर्डिबोएभाको प्रहारलाई रक्षक गीता रानाले हेडमार्फत ब्लक गरे पनि बक्स भित्र अनमार्क रहेकी खाबिबुलेएभाले पहिलो बारमा गोल गरिन् ।
उज्वेकिस्तानले ११औं मिनेटमा अग्रता दोब्बर बनायो । कप्तान लिउडमिला कराचिकको क्रसले गोलकिपर अन्जनारानमगरलाई विट गर्र्द समिक्षा घिमिरेको खुट्टामा लागेर जाली चुमेको थियो ।
नेपालले २४औं मिनेटमा गोल फर्कायो । कप्तान सावित्रा भण्डारीले बक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो ।
सोयीमोभाले ३७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा उज्वेकिस्तानको अग्रता ३-१ मा पुग्यो । सरस्वती हमाले बक्स भित्र ह्यान्ड गरेपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पाएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा नोजिमाखोन इर्गासेबाले दोहोरो पहेंको कार्ड बेहोर्दै मैदान छाडेपछि उज्वेकिस्तान १० खेलाडीमा समेटियो ।