असार २२, २०८२ आइतबार | २०:२६:१०
मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा

रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने

काठमाडौं । स्पेनको रियाल मड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा फ्रेन्च टोली पेरि सेन्ट जर्मन (पिएसजी) को सामना गर्ने भएको छ ।

मेटलाइफ रंगशालामा शनिबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा रियाललले जर्मन क्लब बोरुसिया र्डमन्डविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गर्यो । यता पिएजीले पनि जर्मनीकै बायर्न म्युनिखलाई २-० ले निरास बनायो ।

रियाललाई  जित दिलाउन गोन्जालो गार्सिया, फेरान गार्सिया र किलियन एमबाप्पेले गोल गरे । डर्टमन्डका लागि म्याक्सिमिलियन बेयर र सेरहोस गुइरासीले गोल फर्काए ।

खेलको १०औं मिनेटमा गोन्जालोको गोलमार्फत रियालले अग्रता लिएको थियो । १० मिनेटपछि नै फेरानले टोलीको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा तीन गोल भएका थिए । डर्टमन्डका लागि म्याक्सिमिलियन र सेरहोस तथा रियालका लागि किलियनले गोल गरे ।

इन्जुरी समयमै डिन हुइजसेनले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि रियाल १० खेलाडीमा समेटिएको थियो ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । अर्को सेमिफाइनलमा ब्राजिलको फ्लुमिनेन्स एफसी र इङ्लिस क्लब चेल्सी प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलमा फ्लुमिनेन्सले साउदी अरेबियाको अल हिलाल तथा चेल्सीले ब्राजिलको पाल्मेरसलाई समान २-१ ले पराजित गरेका थिए ।


भिडियो
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING