काठमाडौं । नेदरल्यान्ड्सले युइएफए युरोपियन च्याम्पियनसिपमा सुखद् सुरुआत गरेको छ ।
नेदरल्यान्ड्सले समूह ‘डी’ अन्तर्गतको खेलमा वेल्सविरुद्ध ३-० को सहज जित दर्ता गर्यो ।
जितसँगै नेदरल्यान्ड्सले तीन अंक जोडेको छ । वेल्सले भने हारबाट प्रतियोगिता सुरु गरेको छ ।
शनिबार स्विट्जरल्यान्डमाकाे स्विसपोरारेना रंगशालामा नेदरल्यान्ड्सलाई जित दिलाउन भिभियन मिडेमा, भिक्टोरिया पेलोभा र एस्मी ब्रुग्ट्सले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा मिडेमाको गोलमार्फत नेदरल्यान्ड्सले अग्रता लिएको थियो । ४८औं मिनेटमा पेलोभाले टोलीको अग्रता दोब्बर बनाइन् ।
ब्रुग्ट्सले ५७औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरिन् ।
यही समूहको अर्को खेलमा फ्रान्सले साबिक विजेता इङ्ल्यान्डविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गर्यो ।
भिडियो
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL