काठमाडौं । घरेलु टोली थाइल्यान्डविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै भारत एएफसी एसियन कपमा छनोट भएको छ ।
जितसँगै चार खेलमा १२ अंक जोेडेको भारत समूह ‘बी’ को शीर्ष स्थानमा रह्यो ।
७००औं एनिभर्सरी रशंगलामा समूह चरणको अन्तिम खेलमा भारतलाई जित दिलाउन दुवै गोल संगीता बाँसफोरेले गरिन् । थाइल्यान्डका लागि चटचावान रोडथोङले गोल फर्काइन् ।
खेलको २९औं मिनेटमा संगीताको गोलमार्फत भारतले अग्रता लिएको थियो । ४७औं मिनेटमा चटचावानले थाइल्यान्डलाई बराबरीमा ल्याइन् ।
संगीलाले ७४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई रोमाञ्चक जित दिलाइन् ।
यसअघि भारतले मंगोलियालाई १३-०, टिमोर लिस्टेलाई ४-० र इराकलाई ५-० ले पराजित गरेको थियो ।
भारत १०औं पटक एसियन कपमा छनोट भएको हो । २०२२ मा आयोजकको नाताले भारतले प्रतियोगितामा स्वतः प्रतियोगिताका लागि छनोट भएको थियो । तर, कोरोना महामारीका कारण टोली भने मैदान उतारेको थिएन ।
भारतले पछिल्लो टक सन् २००३ को एसियन कप खेलेको थियो ।