आश्विन १, २०८२ बिहीबार | २३:५३:०२
साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत साफ यु-१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको फराकिलो हार ‘अञ्जिला’ चलचित्र ओस्कार अवार्डका लागि सिफारिस युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ साफ यु–१७ च्याम्पियनसिपः बंगलादेशविरुद्ध नेपाल पहिलो हाफमा १-० ले पछाडि बंगलादेशविरुद्ध दिग्विजय र सुजनलाई पहिलो रोजाईमा मौका एन्फा अध्यक्षलाई वरिष्ठ उपाध्यक्षसहितको असहमतीपत्रः घरेलु खेल विपक्षीको मैदानमा खेलाउन पाइन्न नेपाल स्ट्रीट प्रिमियर लिगको ट्रायल सम्पन्न, प्रतियोगिता तत्कालका लागि स्थगित एनपिएलको उद्घाटन खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने च्याम्पियन्स लिगमा आज पनि ६ खेल हुँदै नेपालको फिफा वरियता यथावत

आर्मी च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल आर्मी क्लब नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ‘ए’ साइड इन्डोर हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ ।

भक्तपुरको थिमी स्थित मिडभ्याली कलेजमा शनिबार सम्पन्न  प्रतियोगिताको फाइनलमा आर्मीले सुदुरपश्चिम प्रदेशविरुद्ध २-० को जित दर्ता गर्यो । सेमिफाइनलमा आर्मीले कोशी प्रदेशलाई ६-० र सुदूरपश्चिमले गण्डकीलाई २-१ ले पराजित गरेका थिए ।

विजेता आर्मीले ५० हजार र उपविजेता सुदूरपश्चिमले २५ हजार रुपैयाँ प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

प्रतियोगितामा आर्मीकी सुरस्वती तामाङ सर्वोत्कृष्ट खेलाडी चुनिइन् । यसैगरी आठ गोल गर्न सफल सुदुर पश्चिम प्रदेशकी आशिका एसके सर्वाधिक गोलकार्ता, सुदुरपश्चिमकै पूर्णिमा नेगी उत्कृष्ट रक्षक, आर्मीकी कुश्मा रानामगर  उत्कृष्ट गोलकिपर तथा बागमती प्रदेशकी सपना तामाङ उदयमान खेलाडी घोषित भएकी भए  । विधागत उत्कृष्टलाई ट्रफी प्रदान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरेको प्रतियोगिताका विजेतालाई सदस्यसचिव टंकलाल घिसिङले पुरस्कार प्रदान गरेका थिए । 


भिडियो
मन्त्रालय जाँदिन, क्यानलाई राम्रो बनाउनु छ ll Paras Khadka ll Secretary ll CAN
Private video
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL