असार २६, २०८२ बिहीबार | २३:०५:१२
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

कृषि विकास बैंकलाई पुरुष र महिला दुवैतर्फको उपाधि

काठमाडौंं । कृषि विकास बैंकले १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ । कृषिको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो ।


टोखास्थित ग्रान्डी स्पोर्टस सेन्टरमा भएको पुरुषको फाइनलमा कृषिको ‘ए’ टोली ले नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ लाई पेनाल्टीमा ४-३ ले पराजित गर्यो ।  निर्धारित समयको १-१को बराबरीमा टुंगिएको थियो ।

नेपाल वायु सेवा निगम काठमाडौं खानेपानी लिमिटेडलाई २-० ले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार रुपैयाँ प्राप्त गरे ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलाको उपाधि भिडन्तमा कृषिले नेपाल बैंक लिमिटेडलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो । निर्धारित समयको खेल १-१ गोलको बराबरी सकिएको थियो ।

विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाए ।

यससँगै १४औं कर्मचारी खेलकुद सम्पन्न भएको छ । प्रतियोगितामा फुटसलसहित ब्याडमिन्टन र टेबलटेनिस गरी  तीन खेलको प्रतिस्पर्धा भएको थियो । ब्याडमिन्टनका ६ वटै स्वर्ण  नेपाल विद्युत प्राधिकरणले हात पार्यो ।

टेबल टेनिसमा ४ स्पर्धामा खेल भएको थिए । जसमा राष्ट्रिय वाणिज्य बैंकले तीन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले एक  स्वर्ण जिते ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)  कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेल, आयोजक इसानका अध्यक्ष रामविनय श्रेष्ठलगायतले पुरस्कृत गरे ।

समापनका अवसरमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारलाई पनि सम्मान गरिएको थियो । 


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM