असार २६, २०८२ बिहीबार | २३:२५:२६
सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर आर्मीको लगातार दोस्रो हार, एनआरटीको पहिलो जित काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी देसाई एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह मनाङ र मछिन्द्रले अंक बाँडे चेतनारायण श्रेष्ठ यु-१७ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ

अन्तर्राष्ट्रिय फुटबलमा कृतिशको डेब्यू

काठमाडौं । अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जुले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका छन् ।

मंगलबार कृतिशले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा लाओसविरुद्ध पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाएका हुन् ।

कृतिशले खेलको ७३औं मिनेटमा अर्का अट्याकिङ मिडफिल्डर मनिष डाँगीलाई प्रतिस्थापन गरे ।

राष्ट्रिय टोलीमा परेको तेस्रो प्रयासमा कृतिशले डेब्यूको अवसर प्राप्त गरेका हुन् । २२ वर्षीय कृतिश तीन वर्षअघि पहिलो पटक मौरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि अब्दुल्ला अल्मुताइरीको नेतृत्वमा रहेको अन्तिम टोलीमा छानिएका थिए ।

साढे दुई महिनाअघि सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसिया कप छनोटको तेस्रो चरणको पहिलो खेलका लागि कृतिश मुख्य प्रशिक्षक रसको नेतृत्वमा रहेको अन्तिम टोलीमा थिए । यी दुवै अवसरमा कृतिश बेन्चमै सिमित रहेका थिए ।

न्युरोड टिम (एनआरटी) बाट घरेलु फुटबल खेल्दै आएका कृतिशले उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा कृतिश धनगढी एफसीका मार्की खेलाडी थिए ।


भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM