काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा लाओसले पाहुना टोली नेपालविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।
मंगलबार लाओ नेसनल रंगशालामा जारी खेलमा मिडफिल्डर डामोथ थोङखामसााथको गोलमा घरेलु टोली लाओसलाई अग्रता दिलाए । थोङखामसाथले खेलको १३औं मिनेटमा गोल गरेका थिए ।
छनोट प्रतियोगिताको समूह ‘एफ’मा नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग २–० को हार बेहोरेको थियो । साढे दुई महिनापछि नेपालले लाओसविरुद्ध दोस्रो खेल खेलिरहेको छ ।
तेस्रो चरणमा नेपालले समूहमा भियतनाम, मलेसिया र लाओससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । होम एन्ड अवे ढाँचामा प्रत्येक टोलीले ६ वटा खेल खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने टोलीले २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको १९औं संस्करणको टिकट काट्नेछ ।
भिडियो
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM