असार १७, २०८२ मंगलबार | १८:४६:२०
शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान

पोर्चुगललाई युइएफए नेसन्स लिगको उपाधि

काठमाडौं । साविक विजेता स्पेनलाई पेनाल्टी सुटआटमा ५-३ ले पराजित गर्दै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।

पोर्चुगल दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि टोलीले सन् २०१९ मा यो उपाधि जितेको थियो ।

आइतबार जर्मनीको म्युनिखस्थित एलियान्ज रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट २-२ गोल भएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो ।

पेनाल्टीमा पोर्चुगलका लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गरे ।

स्पेनका लागि मिकेल मेरिनो, एलेक्स बाइना र इस्कोले गोल गरे । अल्भारो मोराटाको प्रहारलाई भने पोर्चुगलका गोलकिपर डियगो कोस्टाले बचाए  ।

त्यसअघि खेलको २१औं मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । तर स्पेनको त्यो अग्रता लामो समयसम्म टिक्न सकेन ।

गोल खाएको पाँच मिनेटपछि नै नुनो मेन्डिसले पोर्चुगललाई बराबरीमा ल्याए ।  ४५औं मिनेटमा मिकेल ओयर्जबालले गोल गर्दा स्पेना २-१ ले आगसड बढ्यो ।

क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसकेनपछि खेल अतिरिक्त सामयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि गोल निस्कन नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएका  हो ।

पोर्चुगलले जर्मनी र स्पेनले फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

आइतबारै तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले जर्मनीलाई २-० ले पराजित गर्यो । 


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3