काठमाडौं । लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रा २६औं खेलसम्म पनि कायम राखेको छ ।
पिएसजीले आइतबार मार्सेविरुद्ध ३-१ को जित निकाल्यो । जितसँगै पिएसजीले ६८ अंक जोडेको छ । पराजित मार्से २६ खेलबाट ४९ अंकका साथ दोस्रो स्थानमा छ ।
पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन आस्माने डेम्बेले, नुनो मेन्डिसले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । मार्सेका लागि अमाइन गौइरीले गोल गरे ।
खेलको १७औं मिनेटमा डेम्बेलेको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ४२औं मिनेटमा मेसन्डिसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
गौइरीले ५१औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ७०औं मिनेटमा पोल लिरोलाबाट आत्मघाती गोल हुनपुग्दा पिएसजीले ३-१ को जित निकाल्यो ।
भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR