काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा सोमबार एटलान्टा युनाइटेडविरुद्ध २-१ को पुनरागमन जित दर्ता गरेको छ ।
जितसँगै चार खेलमा १० अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको शीर्षस्थानमा उक्लिएको छ । पराजित एटलान्टा समान खेलबाट चार अंकका साथ १२औं स्थानमा छ ।
मार्सिडिज बेन्ज रंगशालामा पाहुना टोलीलाई जित दिलाउन कप्तान लियोनल मेसी र फाफा पिकाल्टले गोल गरे । एटलान्टाका लागि इम्यानुएल लाटे लाथले गोल गरे ।
खेलको ११औं मिनेटमा लाथको गोलमार्फत एटलान्टाले अग्रता लिएको थियो । २०औं मिनेटमा मेसीले मियामीका लागि बराबरी गोल फर्काए । जारी सिजनमा मेसीको यो पहिलो लिग गोल हो ।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा पिकाल्टले गोल गदैं मियामीलाई २-१ को पुनरागमन जित दिलाए ।
भिडियो
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR