माघ ८, २०८२ बिहीबार | १९:१९:१६
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको साथ

काठमाडौं । प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको प्रालीले सह–प्रायोजनका रूपमा साथ दिने भएको छ ।

शनिबार आयोजक रंगशाला नेपाल मिडिया प्रालीका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस ग्रुपका प्रमुख कार्यकारी टिकाराम खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपालगन्ज–१ धम्बोझीमा रहेको रोयल समृद्धि बिजनेस गु्रप प्राली खेलकुदका सामाग्री बिक्री गर्ने कम्पनी हो ।

रोयल समृद्धिका  प्रमुख कार्यकारी खत्रीले खेलकुद क्षेत्रमा मिहिनत गरिरहेका खेलाडीलाई हौसला बढाउने कार्यक्रम लुम्बिनी स्पोर्टस अवार्डमा सह–प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । ‘‘यो कार्यक्रम निकै राम्रो छ । खेलकुदमा यस्ता कार्यक्रम कमै हुने गरेका छन् । हामी निरन्तर रूपमा यो अवार्ड कार्यक्रममा सहकार्य गर्न तयार छौं,’ खत्रीले भने ।

सम्झौता अनुसार रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्डलाई लगातार तीन वर्षसम्म प्रायोज प्रायोजन गर्नेछ । यसैगरी यो अवार्डको नाम रोयल समृद्धि उत्कृष्ट पुरुष खेलाडी अवार्ड नामाकरण गरिनेछ ।

रंगशाला नेपाल मिडिया प्रालीका प्रमुख कार्यकारी खत्रीले रोयल समृद्धिसँग को सहकार्यले अवार्डलाई सम्पन्न गर्न हौसला मिलेको प्रतिक्रिया दिए।  ‘लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको यो कार्यक्रमलाई सफल बनाउन यो प्रायोजन महत्वपुर्ण हुनेछ,’ खत्रीले भने ।

लुम्बिनी प्रदेशलाई आधार मानेर खेल क्षेत्रमा लागेका खेलाडी र खेलकर्मीको उपलब्धी र सफलतालाई सम्मानगर्ने उद्देश्यले लुम्बिनी स्पोर्टस अवार्ड आयोजना गर्न लागिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीले जनाएको छ ।

लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने अवार्ड कार्यक्रम संयोजक चाहना शाहले जानकारी दिइन । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, लाईफ टाइभ अचिभमेन्ट अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालगन्जमा आगामी मंसिर १८ गते हुने अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सहप्रायोजन गरेको छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate