भाद्र ३१, २०८२ बुधबार | २१:००:४०
एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै

एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता

काठमाडौं । जापानमा अर्को वर्ष हुने २०औं एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता भएका छन्।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार विज्ञप्तिमार्फत १९५ महिला र २३९ पुरुष खेलाडी प्रतियोगिताका लागि दर्ता गरिएको जानकारी दियो ।

एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ । सेप्टेम्बर १६ मंगलबारसम्म सहभागी देशले खेल र त्यसमा सहभागी हुने खेलाडीको संख्या दर्ता गर्नु पर्ने अन्तिम मिति थियो ।

यसअघि ३० खेल दर्ता भएकोमा त्यसमा तेक्वान्दो र फुटबल पनि थपेर ३२ खेलका खेलाडी संख्या पठाइएको हो । खेल संघले पठाएको खेलाडी संख्याका आधारमा एनओसीले खेलाडीको संख्यासहित खेल दर्ता गरेको हो ।

एनओसीले यसका लागि सुरुमा युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्‍मा पत्राचार गरे पनि तेक्वान्दो र फुटबलले खेलाडीको नाम दिएका थिएनन् । यसैगरी नेपाल एथलेटिक्स संघले पनि सूची नपठाएकाले एनओसीले नै म्याराथनमा समान एक पुरुष र महिला खेलाडी संख्या पठाएको छ ।

नेपालबाट २०औं एसियाडका दर्ता भएका खेल

एथ्लेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल तथा सफ्टबल, र्याफ्टिङ एण्ड कनोइङ, कुराँश, क्रिकेट, साइक्लिङ, इ स्पोर्टस, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्ट्राथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वास, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारोत्तोलन, कुस्ती, उसु , तेक्वान्दो र फुटबल।


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA