भाद्र ३१, २०८२ बुधबार | १५:३४:३५
यमालले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड रियाल मड्रिडको पुनरागमन जित युइएफए च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुआत यमालले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड घाइते एमएलएसः इटर मियामीले सियाटल साउन्डर्सलाई हरायो एसिसी एसिया कपमा बंगलादेशको रोमाञ्चक जित बराबरीमा रोकिए युभेन्टस र डर्टमन्ड रियाल मड्रिडको पुनरागमन जित युइएफए च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुआत

च्याम्पियन्स लिगमा आज ६ खेल हुँदै

काठमाडौं । युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन सुरु भइसकेको छ । मंगलबार प्रतियोगिताको पहिलो दिन ६ खेल सम्पन्न भइसकेका छन् । बुधबार दोस्रो दिन थप ६ खेल हुँदैछन् ।

पहिलो खेलमा ग्रीक क्लब ओलम्पियाकसले साइप्रसको पाफोस एफसीको आतिथ्य गर्नेछ । खेल नेपाली समयअनुसार राति १०ः३० बजे हुनेछ । सोही समयमा चेक रिपब्लिकको स्लाभिया प्रागले नर्वेजियन टोली बोडो ग्लिम्टसँग प्रतिस्पर्धा गर्नेछ ।

मध्यराति १२ः४५ बजे चार खेल हुनेछन् । गत सिजनको ‘फाइनलिस्ट’ इन्टर मिलानले डच क्लब आयाक्सको चुनौती पन्छाउनेछ । त्यस्तै ६ पटकको विजेता, इङ्लिस च्याम्पियन लिभरपुलले स्पेनिस क्लब एथलेटिको मड्रिडलाई एन्फिल्डमा स्वागत गर्नेछ ।

साबिक विजेता पेरिस सेन्टर जर्मन (पिएसजी)ले घरेलु मैदानमा इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

यसैगरी बहुप्रतिक्षित खेलमा जर्मन च्याम्पियन बार्यन म्युनिखले गत सिजन युइएफए कन्फरेन्स लिग विजेता चेल्सीसँग खेल्नेछ ।

नयाँ ‘फर्म्याट’मा च्याम्पियन्स लिगको यो दोस्रो सिजन हो । प्रत्येक टोलीले आठ भिन्न प्रतिद्धन्द्धीसँग प्रतिस्पर्धा गर्ने फम्यार्टमा अंकतालिकाको शीर्ष आठभित्र अटाउनेले सोझै प्रि–क्वार्टरफाइनलमा प्रवेश पाउनेछ । त्यस्तै सहभागी ३६ मध्ये ९औं देखि २४औं स्थानमा रहने टोलीले अन्तिम १६ का लागि प्लेअफ खेल्नेछन् । बाँकी टोली भने प्रतियोगिताबाट बाहिरिनेछन् ।


भिडियो
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL