काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका इङ्लिस रक्षक ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहनेछन् ।
रियालले परिक्षणपछि चिकित्सक आर्नोल्डलाई ६ देखि ८ सातासम्म आराम गर्ने सल्लाह दिएको बताएको छ ।
आर्नोल्ड युइएफए च्याम्पियन्स लिग अन्तर्गत मार्सेविरुद्धको खेलमा घाइते भएका थिए । उनको मांसपेशीमा चोट लागेको छ ।
चोटका कारण आर्नोल्डले खेलको पाँचौं मिनेटमै मैदान छाडेका थिए । उनलाई ड्यानी कार्भहाललेले प्रतिस्थापन गरेका थिए ।
चोटसँगै उनले कम्तिमा पनि रियालका सात खेल गुमाउने भएका छन् । उनी यसै सिजन इङ्लिस क्लब लिभरपुलबाट रियाल आएका हुन् ।
भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA