काठमाडौं । क्लब फुटबलमा युरोपेली च्याम्पियन्स लिग विश्वकै सबभन्दा कठिन र प्रतिष्ठित प्रतियोगिता मानिन्छ । कुनै पनि खेलाडीका लागि च्याम्पियन्स लिग खेल्न पाउनुले उसको करियरमा ठूलो अर्थ राख्ने गर्छ । च्याम्पियन्स लिगमा खेल्नुको महत्व खेलाडीका लागि जति ठूलो हुन्छ उति नै यो प्रतियोगितामा मैदान उत्रिँनुको दबाबले पनि खेलाडीलाई थिच्ने गर्छ, खासगरि करियरका प्रारम्भिक दिनमा ।
यही कारण हो, किशोरावस्थामा च्याम्पियन्स लिग खेल्ने जोकोही खेलाडी पनि एकाएक विश्वस्तरीय स्टारका रुपमा परिणत हुने गर्छ । पूरा विश्व फुटबलले उसमाथि आँखा लगाउन थाल्छ । विश्वभरका समर्थकको चासो त्यो युवा खेलाडीले तान्ने गर्छ । किशोरावस्थामै कसैले च्याम्पियन्स लिग खेल्यो भने त्यसलाई एउटा महान करियरको सुरुआत मानिन्छ । भलै त्यो सुरुआतले जस्तोसुकै गन्तव्य पाओस ।
वर्तमानमा सबभन्दा सानो उमेरमा च्याम्पियन्स लिग खेलेको कीर्तिमान बोरुसिया डर्टमण्डका योसौफा माउकोकोको नाममा छ । उनको नाममा १६औं जन्मदिन मनाएको १८ दिनमै च्याम्पियन्स लिग खेलेको कीर्तिमान छ ।
बार्सिलोनाका लामिन यमाल र म्यानचेस्टर सिटीका रायन चेर्की तथा एस्टन भिल्लाका याउरी टेलेम्यान्सजस्ता विश्वस्तरीय स्टारहरु १७औं जन्मदिन मनाउनुअघि नै युरोपेली प्रतियोगिताका मैदानमा प्रस्तुत भइसकेका थिए । यमाल, चेर्की र टेलेम्यान्सहरू
सानै उमेरमा च्याम्पियन्स लिग खेलेर विश्व फुटबलमा तहल्का मच्चाउने खेलाडी हुन् ।
वर्तमानमा सबभन्दा सानो उमेरमा च्याम्पियन्स लिग खेलेको कीर्तिमान बोरुसिया डर्टमण्डका योसौफा माउकोकोको नाममा छ । उनको नाममा १६औं जन्मदिन मनाएको १८ दिनमै च्याम्पियन्स लिग खेलेको कीर्तिमान छ । माउकोकोले सन् २०२० को डिसेम्बरमा १६ वर्ष १८ दिनको उमेरमा बोरुसिया डर्टमण्डका लागि जेनिट सेन्ट पिट्सबर्गविरुद्धको च्याम्पियन्स लिग खेलमा मैदान उत्रिँदैत्यसअघि क्लालेस्टिन बाबायारोको नाममा रहेको कीर्तिमान भंग गरेका थिए ।
चेल्सी र न्युक्यासलबाट खेलेका नाइजेरियाली रक्षक बाबायारोको नाममा रहेको १६ वर्ष ८७ दिनमा च्याम्पियन्स लिग खेलेको कीर्तिमान कसैले तोड्न नसक्ने अनुमान थियो । तर २१औं सताव्दीको सुरुआतसँगै च्याम्पियन्स लिगमा १७ वर्षभन्दा सानै उमेरमा डेब्यु गर्ने प्रतिभावान किशोर खेलाडीको लामै लाइन लाग्दा उनी तेस्रो नम्बरमा झरेका छन् ।
डम्यान आगामी डिसेम्बर ३१ मा मात्र १६ वर्ष लाग्नेछन् । जसका कारण उनीसँग च्याम्पियन्स लिगमा मैदान उत्रिने कम उमेरको खेलाडीका रुपमा माउकोकोको कीर्तिमान तोड्ने सम्भावना प्रचूर छ ।
युरोपियन च्याम्पियन्स लिगमा १५ वर्षको कुनै खेलाडीले अहिलेसम्म मैदान उत्रिएको इतिहास छैन । आर्सनलका मिड्फिल्डर म्याक्स डम्यान यही इतिहास बनाउने सम्भावनालाई पछ्याइरहेका छन् ।
गएको अगस्टमा लिड्स युनाइटेडविरुद्धको खेलमा १५ वर्ष २६५ दिनको उमेरमा बैकल्पिक खेलाडीका रुपमा मैदान उत्रिँदै डम्यानले प्रिमियर लिग इतिहासमै इथान एनवानेरीपछि दोस्रो कम उमेरको खेलाडीको कीर्तिमान बनाएका थिए । डम्यान आगामी डिसेम्बर ३१ मा मात्र १६ वर्ष लाग्नेछन् । जसका कारण उनीसँग च्याम्पियन्स लिगमा मैदान उत्रिने कम उमेरको खेलाडीका रुपमा माउकोकोको कीर्तिमान तोड्ने सम्भावना प्रचूर छ ।