पुस २६, २०८२ आइतबार | ०३:१८:०३
केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे

प्लाजा होटल्स ग्रुप स्पाेर्टस अवार्डको सह-प्रायोजक

सम्झौता पत्र आदान प्रदान गर्दै नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठ ।

काठमाडौं । प्लाज होटल्स ग्रुपले ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २१औं संस्करणलाई सह-प्रयोजकाका रूपमा साथ दिने भएको छ ।

सह-प्रायोजनका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ)का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

स्पोर्टस अवार्ड यही भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना हुनेछ ।

स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा वर्ष प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक हुने जानकारी गराउन चाहन्छौं ।

पिपल्स च्वाइस विधामा पाँत खेलाडीको मनोनयन परेका छन् । समर्थकको मतका आधारमा चुनिने यस विधाको मनोनयनमा कविता भट्ट (भलिबल), प्रीति राई (फुटबल), गुलसन झा (क्रिकेट), श्रीराम श्रेष्ठ (रग्बी) र मानमती विष्ट (कबड्डी) परेका छन् । मनोनयनमा परेका खेलाडीका लागि इ-सेवाबाट भोटिङ भइरहेको छ ।

त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज एनएसजेएफ पल्सर अवार्ड र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेज पल्सर नेपालबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक २७ राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउने छन् ।

सहप्रायोजक बनेवापत प्लाजा होटल्स ग्रुपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमका लागि स्थान उपलब्ध गराउने र खानपानको प्रबन्ध गर्नेछ ।

ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले प्लाजा होटल ग्रुपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा ग्रुपका प्रवन्ध निर्देशक श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||