चैत्र १२, २०८२ बिहीबार | २३:५०:५९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

पारा ओलम्पिक: पलेशाले भेनेजुएला र भरतले जापानका खेलाडीको सामना गर्ने

पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्धन र भरतसिंह महता ।

काठमाडौं । पेरिस पारा ओलम्पिकको पहिलो चरणमा नेपाली तेक्वान्दो खेलाडी पलेशा पलेशा गोबर्धनले भेनेजुएलन तथा भरतसिंह महताले जापानिज प्रतिद्धन्द्धी प्राप्त गरेका छन् ।

मंगलबार निकालिएको ‘ड्र’ बाट दुवै खेलाडीको प्रतिद्वन्द्वी टुंगो लागेको प्रशिक्षक कविराज नेगी लामाले पेरिसबाट जानकारी गराए ।

अगस्ट २९ तारिखमा भरतले जापानका मित्सुया तानाकासँग खेल्ने छन् । उनको स्पर्धा के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा जम्मा १२ खेलाडी छन् । भरत वाइल्ड कार्डमार्फत पेरिस पारा ओलम्पिकका लागि छानिएका हुन् ।

के-४४ क्याटगोरीकै महिला ५७ केजीमुनिमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध अगस्ट ३० तारिखमा खेल्ने छिन् । यो स्पर्धामा ११ खेलाडी छन् । पहिलो चरणमै पराजित हुने खेलाडीलाई रिपाचेज खेल्ने अवसर मिल्ने छैन ।

पलेशा भने छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । गत चैतमा चीनको ताइयानमा भएकोएसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

पदकको आशा गरिएकी पलेशासँग टोकियो पारा ओलम्पिक पनि खेलेको अनुभव छ । त्यतिबेला पलेशा कांस्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् ।

नेपाली पारा तेक्वान्दो टोली इङ्ल्यान्डको म्याचेस्टरमा एक महिनाको प्रशिक्षणपछि जुलाई २५ तारिखमा पेरिस पुगेको थियो ।

 टोलीको व्यवस्थापकमा नेपाल तेक्वान्दो संघ एवं नेपाल पारालिम्पिक कमिटीका सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

पेरिस पारा ओलम्पिकमा पलेशा र भरतसहित पौडीका भीमबहादुर कुमालले पनि प्रतिस्पर्धा गर्दै छन् । उनले पुरुष ५० मिटर फ्रि-स्टाइलमा सहभागिता जनाउने छन् ।

नेपाली टोलीको सेफ दि मिसनमा पारा ओलम्पिक कमिटीका सदस्य सरोज श्रेष्ठ छन् ।  पारा ओलम्पिकको उद्घाटन बुधबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो