माघ १०, २०८२ शनिबार | ०१:२३:३६
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्छन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह
शनिबारको दिन खेलाडी डटकम

नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले बिहीबार नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जस्तो किसिमको साहसिक प्रदर्शन गर्यो, त्यसको चर्चा सधैँ हुने नै छ ।

महिला टोलीले नेदरल्यान्ड्सविरुद्ध सबै जुक्ति लगायो । नेपाली खेलाडीले पनि आफ्नो भरपूर मिहिनेत लगाए । तर, निर्णायक ओभरमा १३ रन चाहिँदा १० रनमात्र जोड्न सक्यो । पूर्व कप्तान रुबिना क्षेत्री र सीता रानामगरले भरपुर अनुभव प्रयोग गरे तर, अन्त्यमा भाग्य नेपालको पक्षमा रहेन ।

यो हारपछि भने ५ महिनापछि इङ्ल्यान्ड र वेल्समा आयोजना हुने ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको सम्भावना निकै कमजोर बनेको छ । 

कठिन अवस्था थियो । सीताले १७ ओभरमा ४ चौका र १ छक्का हिर्काएर खेल नेपालतर्फ मोडेकी थिइन् । सीता र रुबिनाको जोडीले यो ओभरमा २० रन जोडेको थियो । १९ औं ओभरमा नेपालले थप ११ रन जोडेपछि नेपालको जित निश्चित जस्तै थियो । तर, अन्तिम ओभरमा कम्तीमा दुई बाउन्ड्री चाहिएको अवस्थामा मात्र एक निस्कियो । नेपाल आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा लगातार दोस्रो हार बेहोर्न बाध्य भयो ।

यो हारपछि भने ५ महिनापछि इङ्ल्यान्ड र वेल्समा आयोजना हुने ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको सम्भावना निकै कमजोर बनेको छ । अब, नेपाललाई ग्लोबल छनोटको सुपर सिक्समै स्थान बनाउन हम्मेहम्मे पर्ने देखिन्छ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

नेपालको अवस्था किन कमजोरभन्दा स्कटल्यान्डले एक जित निकालिसकेको छ । यदि नेदरल्यान्ड्सविरुद्ध जित निकालेको भए नेपालको सम्भावना हुन्थ्यो । नेपालसम्मिलित समूह ‘बी’ मा नेदरल्यान्ड्सले खेलेका तीनै खेल जितेर ६ अंक जोडेको छ । थाइल्यान्डले पनि २ खेल नै जितेर ४ अंक जोडिसकेको छ । स्कटल्यान्डको २ खेलबाट २ अंक छ ।

नेपालको यो साहसिक प्रदर्शनपछि पूर्वकप्तान रुबिना भने आफैमा खुसी छिन् । ‘मैले अन्तिममा जुन शट हान्न खोजेको थिएँ, त्यो लाग्दै लागेन । यदि सोचेजस्तो भएको भए र अर्काे राम्रो साझेदारी भएको भए कथा अर्कै हुन्थ्यो,’ उनले भनिन्, ‘ठीक छ, योे प्रदर्शनले अन्य खेलमा राम्रो गर्न प्रेरित गर्छ ।’ खेलको आठौं विकेटको रूपमा रुविना र सीताले २३ बलमा अविजित ४५ रनको साझेदारी गरेका थिए ।

शनिबार नै नेपालले जिम्बावेसँग खेल्दै छ । यो खेलमा नेपाल जसरी पनि जित्नैपर्ने दबाबमा छ । 

दुई खेल हारेको नेपालले अब समूहमा स्कटल्यान्ड र जिम्वावेसँग खेल्नेछ । नेपाललाई सुपर सिक्समा पुग्न दुबै खेल जित्नैपर्ने दबाब छ । आफूले जितेर मात्रै पनि पुग्दैन । बाँकी खेलमा जिम्बावे र स्कटल्यान्ड दुबैको हार हुनुपर्छ । यदि नेपालले दुबै खेल जित्यो अनि स्कटल्यान्ड र जिम्बावे बाँकी आफ्ना खेलमा पराजित भए मात्रै नेपालको भाग्य खुल्नेछ ।

अब, शनिबार नै नेपालले जिम्बावेसँग खेल्दै छ । यो खेलमा नेपाल जसरी पनि जित्नैपर्ने दबाबमा छ । यदि यो खेल नेपालको पक्षमा आए सम्भावना कायम रहन्छ । रुविना भन्छिन्, ‘हामीसँग अझै राम्रो अवसर छ । यो अवसर गुमाउनु हुँदैन ।’

रुबिना यस्तै प्रतियोगिता र महिला क्रिकेट नियमित भए नतिजा राम्रो निस्कनेमा विश्वस्त छिन् । ‘हामी पछिल्लो समय नियमित खेलिरहेका छौं । यो क्रमजारी रहे पक्कै नेपाली महिला टिमको भविष्य राम्रो हुन्छ ।’

यता, समूह ‘ए’ मा पनि टेस्ट राष्ट्र बंगलादेशले लगातार तीन जित निकाल्दै सुपर सिक्सको ढोका खोलिसकेको छ । आयरल्यान्डले दुईमा दुई नै जित निकाल्यो । यो समूहबाट बंगलादेश र आयरल्यान्डको सुपर सिक्सको बाटो खोल्दा एक जित निकालेको अमेरिकासहित दुबै खेलमा पराजित भएका पपुवा न्युगिनी –पिएनजी) र नामिबियाको पनि उस्तै अवसर छ । तर, अमेरिका, पिएनजी र नामिबिया आफ्नो मात्रै खेलमा भरपर्ने छैन, दोस्रो टिमको नतिजा पनि पर्खनुपर्नेछ ।

ग्लोबल छनोटको समूह चरणमा समान तीन टोली सुपर ६ मा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट सेमिफाइनलमा पुग्ने ४ टिम विश्वकपमा पुग्नेछन् । विश्वकपमा १२ टिम हुनेछन् । यसअघि नै आयोजक इङ्ल्यान्डसँगै अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज अघिल्लो चरणमा गरेको प्रदर्शनपछि सिधैं विश्वकपमा स्थान बनाएका छन् । पाकिस्तान र श्रीलंका भने वरीयताका आधारमा स्थान बनाएका हुन् ।