माघ ९, २०८२ शुक्रबार | २२:१५:०२
लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित

भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी

काठमाडौं । भारत साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ ।

शनिबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न आफ्नो पाँचौं खेलमा भारतले भुटानसँग २-१ को हार बेहोर्यो । उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने खेलमा भारतले भुटानलाई नतिजा सुम्पियो । एक खेल बाँकी रहँदा भारत ९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

भारतलाई हराएसँगै भुटानले कम्तिमा पनि दोस्रो स्थान पक्का गरेको छ । प्रतियोगिताको अन्तिम दिन आइतबार भाग्यशाली ठहरिए भुटानसँग उपाधि जित्ने अवसर पनि छ । हाल भुटान ११ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेशले १३ अंक जोडेको छ । सात टोलीको सहभागिता रहेको प्रतियोगितामा दुबैले एक खेल खेल्न बाँकी छ । प्रतियोगिता सिंगल राउन्ड रोविन लिग पद्धत्तिमा भइरहेको छ । शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने सेट-अप छ ।

भारतलाई हराउन जम्यङ छोडेनले निर्धारित पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको आठौं मिनेटमा देकी ल्हाजोमले अग्रतालाई दोब्बर बनाए । चार मिनेट बाँकी रहँदा खुश्बु सरोजले भारतका लागि गोल फर्काएका थिए ।

भुटानले आइतबार नेपालसँग खेल्ने तालिका छ । त्यस्तै बंगलादेशले माल्दिभ्स र श्रीलंकाले भारतसँग खेल्नेछ ।

शनिबार दिनको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ९-१ को फराकिलो अन्तरले हरायो । दोस्रो खेलमा श्रीलंकाले माल्दिभ्ससँग ७-६ को रोमाञ्चक जित हासिल गर्यो । श्रीलंकाले पाँचौं खेलमा आएर पहिलो जित प्राप्त गरेको हो । माल्दिभ्स भने प्रतियोगितामा अंकविहीन छ ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate