काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिड अहिले नयाँ प्रशिक्षकको खोजीमा छ । केही केही दिन अगाडि जाभी अलोन्सोलाई बर्खास्त गरेपछि हाल अल्भारो अर्बेलाओले टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन् ।
अलोन्सोको बहिर्गमनपछि एन्जो मारेस्का र माउरिसियो पोचेटिनोजस्ता नाम रियालसँग जोडिएको थियो । पछिल्लो समय क्लब भने लिभरपुलका पूर्व प्रशिक्षक योर्गन क्लोपलाई भित्र्याउने प्रयासमा छ । तर क्लोपले अहिले नै क्लब प्रशिक्षणमा फर्किने इच्छा नभएको बताएका छन् । त्यसैले उनको स्थानान्तरण हाललाई असम्भवजस्तै देखिन्छ ।
जर्मनीका ५८ वर्षीय प्रशिक्षकले सन् २०२४ मा लिभरपुल छोड्दा व्यवस्थापनको अत्यधिक दबाबपूर्ण भूमिकाका लागि ऊर्जा र भोक गुमाएको बताएका थिए ।
क्लोपले २०२४ मा लिभरपुल छाडेका थिए । हाल उनी रेडबुलको विश्वव्यापी फुटबल प्रमुखको रूपमा काम गरिरहेका छन्, आरबी लाइप्जिग, न्युयोर्क रेड बुल्स र पेरिस एफसीसँग उनीहरूको बहु–क्लब संरचनाको निरीक्षण गरिरहेका छन् ।
जर्मनीका ५८ वर्षीय प्रशिक्षकले सन् २०२४ मा लिभरपुल छोड्दा व्यवस्थापनको अत्यधिक दबाबपूर्ण भूमिकाका लागि ऊर्जा र भोक गुमाएको बताएका थिए । उनले बारम्बार क्लब प्रशिक्षणमा फर्कने सम्भावना अस्वीकार गरिरहेका छन् ।
‘अहिले म जहाँ छु त्यहीं खुसी छु । हाललाई म अरू कतै हुन चाहन्नँ,’ क्लोपले एएफपीसँग भनेका छन्, ‘रियाल मड्रिडले चासो देखाए पनि म उत्साही छ्रैन । उनीहरू किन उत्साही भए मलाई थाहा छैन । मैले बरम्बार भन्दै आएको छु, अहिले नै क्लब प्रशिक्षणमा फर्किन चाहन्नँ । भविष्यमा के हुन्छ मलाई थाहा छैन ।’
लिभरपुल छाडेयता नै क्लोपको नाम विभिन्न क्लबका साथै जर्मन राष्ट्रिय टोलीसँग जोडिएको थियो ।
क्लोपले रियाल मड्रिडलाई नयाँ प्रशिक्षक ल्याउन सहज पनि नभएको बताएका छन् । ‘जब मैले अलोन्सोको समाचार सुनें, म आश्चर्यमा परें । टोलीले उनलाई अझै केही समय दिनुपथ्र्यो । रियाललाई तत्काल नयाँ प्रशिक्षक ल्याउन सहज पनि छैन । प्रशिक्षकलाई बर्खास्त गर्नुअघि नै टोलीले उसको उत्तराधिकारीको चयन गरिसकेको हुनुपर्छ,’ क्लोपले थपे, ‘मलाई थाहा छ, म जुनसुकै टोलीलाई प्रशिक्षण दिन सक्छु, तर यसको मतलब यो होइन कि म अहिले नै त्यसका लागि तयार छु ।’
लिभरपुल छाडेयता नै क्लोपको नाम विभिन्न क्लबका साथै जर्मन राष्ट्रिय टोलीसँग जोडिएको थियो । तर उनले बारम्बार आफु रेडबुलमै खुसी रहेको बताउँदै आएका छन् । ‘म केही फरक गर्न चाहन्थें । रेडबुलले मलाई त्यो अवसर दिएको छ । हाललाई म यहीँ ठिक छु । यहाँ मैले धेरै मानिसलाई चिनेको छु जसलाई म पहिले चिन्दिनथें । म धेरै व्यापारिक बैठकहरूमा सहभागी भएर धेरै नयाँ कुरा सिकेको छु । नयाँ नयाँ संस्कृति र भाषा सिक्ने अवसर पाएको छु । यो मेरो जीवनको अविस्मरणीय क्षण हो । रेडबुलमा एक वर्ष बिताउँदा ५ वर्षको जस्तो अनुभव प्राप्त भइसकेको महसुस गरिरहेको छु,’ क्लोपले भनेका छन्, ‘क्लब प्रशिक्षणमा आउनु पर्छ जस्तो लागेमा म पुरानै काममा फर्किने छु । हाललाई सबै कुरा सही तरिकाले चलिरहेको छ ।’ (एजेन्जीको सहयोगमा)