फाल्गुन २६, २०८२ मंगलबार | १५:४७:२८
भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी एन्फाको ताल्चा खुल्यो डाइनामिक कप इन्लाइन स्केटिङ फागुन ३० गते बिसिसिआईले क्रिकेट टिमलाई नगद पुरस्कार दिने ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र
शनिबारको दिन

रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ?

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिड अहिले नयाँ प्रशिक्षकको खोजीमा छ । केही केही दिन अगाडि जाभी अलोन्सोलाई बर्खास्त गरेपछि हाल अल्भारो अर्बेलाओले टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन् ।

अलोन्सोको बहिर्गमनपछि एन्जो मारेस्का र माउरिसियो पोचेटिनोजस्ता नाम रियालसँग जोडिएको थियो । पछिल्लो समय क्लब भने लिभरपुलका पूर्व प्रशिक्षक योर्गन क्लोपलाई भित्र्याउने प्रयासमा छ । तर क्लोपले अहिले नै क्लब प्रशिक्षणमा फर्किने इच्छा नभएको बताएका छन् । त्यसैले उनको स्थानान्तरण हाललाई असम्भवजस्तै देखिन्छ ।  

जर्मनीका ५८ वर्षीय प्रशिक्षकले सन् २०२४ मा लिभरपुल छोड्दा व्यवस्थापनको अत्यधिक दबाबपूर्ण भूमिकाका लागि ऊर्जा र भोक गुमाएको बताएका थिए ।

क्लोपले २०२४ मा लिभरपुल छाडेका थिए । हाल उनी रेडबुलको विश्वव्यापी फुटबल प्रमुखको रूपमा काम गरिरहेका छन्, आरबी लाइप्जिग, न्युयोर्क रेड बुल्स र पेरिस एफसीसँग उनीहरूको बहु–क्लब संरचनाको निरीक्षण गरिरहेका छन् ।

जर्मनीका ५८ वर्षीय प्रशिक्षकले सन् २०२४ मा लिभरपुल छोड्दा व्यवस्थापनको अत्यधिक दबाबपूर्ण भूमिकाका लागि ऊर्जा र भोक गुमाएको बताएका थिए । उनले बारम्बार क्लब प्रशिक्षणमा फर्कने सम्भावना अस्वीकार गरिरहेका छन् ।

‘अहिले म जहाँ छु त्यहीं खुसी छु । हाललाई म अरू कतै हुन चाहन्नँ,’ क्लोपले एएफपीसँग भनेका छन्, ‘रियाल मड्रिडले चासो देखाए पनि म उत्साही छ्रैन । उनीहरू किन उत्साही भए मलाई थाहा छैन । मैले बरम्बार भन्दै आएको छु, अहिले नै क्लब प्रशिक्षणमा फर्किन चाहन्नँ । भविष्यमा के हुन्छ मलाई थाहा छैन ।’

लिभरपुल छाडेयता नै क्लोपको नाम विभिन्न क्लबका साथै जर्मन राष्ट्रिय टोलीसँग जोडिएको थियो ।

क्लोपले रियाल मड्रिडलाई नयाँ प्रशिक्षक ल्याउन सहज पनि नभएको बताएका छन् । ‘जब मैले अलोन्सोको समाचार सुनें, म आश्चर्यमा परें । टोलीले उनलाई अझै केही समय दिनुपथ्र्यो । रियाललाई तत्काल नयाँ प्रशिक्षक ल्याउन सहज पनि छैन । प्रशिक्षकलाई बर्खास्त गर्नुअघि नै टोलीले उसको उत्तराधिकारीको चयन गरिसकेको हुनुपर्छ,’ क्लोपले थपे, ‘मलाई थाहा छ, म जुनसुकै टोलीलाई प्रशिक्षण दिन सक्छु, तर यसको मतलब यो होइन कि म अहिले नै त्यसका लागि तयार छु ।’

लिभरपुल छाडेयता नै क्लोपको नाम विभिन्न क्लबका साथै जर्मन राष्ट्रिय टोलीसँग जोडिएको थियो । तर उनले बारम्बार आफु रेडबुलमै खुसी रहेको बताउँदै आएका छन् । ‘म केही फरक गर्न चाहन्थें । रेडबुलले मलाई त्यो अवसर दिएको छ । हाललाई म यहीँ ठिक छु । यहाँ मैले धेरै मानिसलाई चिनेको छु जसलाई म पहिले चिन्दिनथें । म धेरै व्यापारिक बैठकहरूमा सहभागी भएर धेरै नयाँ कुरा सिकेको छु । नयाँ नयाँ संस्कृति र भाषा सिक्ने अवसर पाएको छु । यो मेरो जीवनको अविस्मरणीय क्षण हो । रेडबुलमा एक वर्ष बिताउँदा ५ वर्षको जस्तो अनुभव प्राप्त भइसकेको महसुस गरिरहेको छु,’ क्लोपले भनेका छन्, ‘क्लब प्रशिक्षणमा आउनु पर्छ जस्तो लागेमा म पुरानै काममा फर्किने छु । हाललाई सबै कुरा सही तरिकाले चलिरहेको छ ।’ (एजेन्जीको सहयोगमा)