काठमाडौं । सामर स्प्रिंगरको ह्याट्रिकसँगै अन्तिम ट्वान्टी २० मा वेष्ट इन्डिजले घरेलु टोली अफगानिस्तानलाई १५ रनले पराजित गरेको छ । योसँगै शृंखला २–१ ले सकियो ।
लगातार दुई खेल जित्दै यसअघि नै वेष्ट इन्डिजले शृंखला जितेको थियो । पहिलो खेल अफगानिस्तानले ३८ र दोस्रो ३९ रनले जितेको थियो ।
अन्तिम खेलमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले सात विकेट गुमाउँदै एक सय ५२ रनको लक्ष्य दियो । प्रत्युत्तरमा अफगानिस्तानले आठ विकेट गुमाउँदा मात्र एक सय ३६ रन बनाएको हो ।
अफगानिस्तानको जितमा सामरले ४ विकेट लिए । उनले ९ बलमा अविजित १६ रन पनि बनाए । कप्तान ब्रान्डन किङले सर्वाधिक ४७ रन बनाए । म्याथ्यु फोर्डले २७ रनको योगदान गरे ।
यता, अफगानिस्तानका ओपनर रहमुल्लाह गुर्वाजले ५८ बलमा ७१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । मध्यक्रम र तल्लोक्रमका ब्याटरले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।
स्प्रिंगरले १८.१, १८.२ र १८.३ मा विकेट लिँदै ह्याट्रिक गरेका थिए ।
