कार्तिक २४, २०८२ सोमबार | १३:२२:००
अभ्यास शृंखलाका लागि भारत जाँदै महिला क्रिकेट टोली एन्फा–खेलाडी बैठक प्रत्यक्ष प्रशारण नभए खेलाडीले बहिस्कार गर्ने पुबुदु दासानायके विराटनगरको प्रशिक्षक बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान अभ्यास शृंखलाका लागि भारत जाँदै महिला क्रिकेट टोली एन्फा–खेलाडी बैठक प्रत्यक्ष प्रशारण नभए खेलाडीले बहिस्कार गर्ने पुबुदु दासानायके विराटनगरको प्रशिक्षक बार्सिलोनाको जितमा लेवान्डोवस्कीको ह्याट्रिक म्यानचेस्टर सिटीको सहज जित रायो भायकानोसँग बराबरीमा रोकियो रियाल मड्रिड झापा महिला गोल्डकपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै इडब्लुभिएलको नयाँ खेलतालिका सार्वजनिक घान्द्रुकमा फुटबल यात्रीको क्याम्प सम्पन्न काभा यु–१९ च्याम्पियनसिपः नेपाललाई दोस्रो स्थान

पुबुदु दासानायके विराटनगरको प्रशिक्षक

फाइल तस्विर।

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेलाई अनुबन्ध गरेको छ ।

टोलीले सोमबार सामाजिक सञ्जालमार्फत दासानायकेलाई मुख्य प्रशिक्षक बनाएको जानकारी दियो । दासानायकेकै प्रशिक्षणमा जनकपुर बोल्ट्स एनपिएलको पहिलो सिजनमा च्याम्पियन बनेको थियो ।

हाल उनी अमेरिकी राष्ट्रिय क्रिकेट टोली सम्हालिरहेका छन् । पहिलो सिजनमा विराटनगरको प्रशिक्षण केविन ओ’ ब्रायनले सम्हालेका थिए ।

विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर राना अनुबन्ध गरेको थियो ।  

यस्तै टोलीले विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका मार्टिन गप्टिल  दक्षिण अफ्रिकाका फाफ डुप्लेसिस र मर्चेन्ट डी लाङ्ग, अस्ट्रेलियाका साम हिजलेट तथा स्कटल्यान्डका जर्ज मुन्सेलाई अनुबन्ध गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यस सिजन पनि विराटनगरसहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिक रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।


भिडियो
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder
लिग नहुँदा टिम तयार गर्न गाह्रो भयो ll Hari Khadka, Head Coach, National Football Team
ANFA VP II DEEPAK KHATIWADA II सबै मान्छेहरु सच्चिएर नआएसम्म फुटबलमा विकास हुँदैन II PLAYER PROTEST
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA