कार्तिक २३, २०८२ आइतबार | १५:५४:५३
एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा एक हजार खेलको कासेढुंगा पार गर्दै ग्वाड्रिओला बहुप्रतिक्षित प्रिमियर लिग खेल आज क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि गुप्ताले दृष्टिविहीन महिला ट्वान्टी-२० विश्वकप खेलाउने हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित वुल्भ्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चेल्सी सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं । तेस्रो सीई कर्पोरेट टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि क्लाउड फ्याक्ट्रीले जितेको छ।

शनिबार बुढानिलकण्ठको चुनिखेलस्थित ‘रोयल स्पोट्र्स पार्क’मा सम्पन्न फाइनलमा क्लाउड फ्याक्ट्रीले रास्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि चुमेको हो ।

बाणिज्यले दिएको ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रील ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

क्लाउड फ्याक्ट्रीको लागि ओपनर जुलेन महर्जनले सर्वाधिक २७ रन बनाए । यस्तै सुबोध ढुंगेलले १५, चन्द्र कुमार राईले ११ तथा सबिन डीसीले ५ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गरेको बाणिज्यले निर्धारित १० ओभरमा २ विकेट गुमाएर ७२ रन बनाएको थियो ।

बाणिज्यका लागि ओपनर बिबेक श्रेष्ठले सर्वाधिक ३१ रन जोड्दा कप्तान सुशील देवकोटाले अविजित २८ रन बनाए ।

उपाधि विजेता क्लाउड फ्याक्ट्रीले १ लाख १ हजार रुपैयाँ तथा उप–विजेता बाणिज्यले ५० हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी क्लाउड फ्याक्ट्रीका सुबोध ढुंगेल घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । 
त्यस्तै उत्कृष्ट ब्याटर सलिकोका स्पन्दन न्यौपाने, उत्कृस्ट बलर सिद्धार्थ बैंकका सन्जिब मदैया, उत्कृष्ट विकेटकिपर सिद्धार्थ बैंकका ब्रिज नन्दन तिवारी घोषित भए । सबैले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

‘मस्ट चियर्ड टिम’को अवार्ड एनएलजी इन्सुरेन्सले हासिल गर्यो । यस्तै हिमालयन एभरेष्ट इन्सुरेन्स ‘फेयर प्ले टिम’को घोषित हुँदा ‘इनर्जेटिक टिम’को अवार्ड सानिमा जीआईसी इन्सुरेन्सले हासिल गर्यो ।

सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोट्र्सको सहकार्यमा दुई दिन चलेको प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागिता थियो ।
 


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।