काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रवीन्द्र गुप्ताले दृष्टिविहीन ट्वान्टी-२० महिला विश्वकप क्रिकेट खेलाउने भएका छन् ।
गुप्ता सोमबार भारत प्रस्थान गर्ने तालिका छ । भारतबाट १४ नोभेम्बरमा उनी श्रीलंका जानेछन् ।
प्रतियोगिताको उद्धघाटन खेल नोभेम्बर ११, मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा हुनेछ । त्यस्तै फाइनल प्रतिस्पर्धा नोभेम्बर २३ मा श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ ।
पहिलोपटक आयोजना हुन लागेको दृष्टिविहीन महिला विश्वकप ट्वान्टी-२० प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङ्ल्यान्डको सहभागिता रहनेछ ।
यसअघि अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गुप्ता नेपालबाट सिनियर टोलीको विश्वकप खेल खेलाउने पहिलो अम्पायर बन्दैछन् । उनले आसन्न ट्वान्टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खलमा अम्पायरिङ गर्दैछन् ।
