कार्तिक १२, २०८२ बुधबार | ११:१९:२२
सानदार जितसहित ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा पहिलो ट्वान्टी-२० मा दक्षिण अफ्रिकाको सहज जित मैत्रीपूर्ण खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने सानदार जितसहित ब्रेन्टफोर्ड क्वार्टरफाइनलमा पहिलो ट्वान्टी-२० मा दक्षिण अफ्रिकाको सहज जित मैत्रीपूर्ण खेलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने

पहिलो ट्वान्टी-२० मा दक्षिण अफ्रिकाको सहज जित

काठमाडौं । दक्षिण अफ्रिकाले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध ५५ रनको सहज जित दर्ता गरेको छ ।

जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।

मंगलबार रावलपिन्डी क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९५ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८.१ ओभरमा १३९ रनमै समेटियो ।

पाकिस्तानका लागि सइम अयुबले ३७, मोहम्मद नवाज र ३६, शाहिबजादा फरहानले २४ र उस्मान खानले १२ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कोर्बिन बोशले चार, जर्ज लिन्डेले तीन, लिजाड विलियम्सले दुई र लुंगी एन्गिडीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४० बलमा पाँच चौका र एक छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी जर्ज लिन्डेले ३६, टोनी डी जोर्जीले ३३, क्विनटन डी ककले २३ र कप्तान डोनोभान फरेराले १० रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद नवाजले तीन, सइम अयुबले दुई शाहिन शाह अफ्रिदी, नसिम शाह र अब्रार अहमदले समान एक विकेट लिए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain