कार्तिक १२, २०८२ बुधबार | ००:०४:४७
युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित कर्णालीलाई एसियन पेन्ट्सको साथ एरिका नगदसहित सम्मानित सावित्रा, अञ्जिला र प्रीतिले भारतसँगको खेल गुमाउने काभा कप भलिबलः नेपाललाई पाँचौं स्थान ड्यानी कार्भहालको घुँडाको शल्क्रिया हुने केभिन डी ब्रुएना कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने युभेन्टसका प्रशिक्षक इगोर ट्युडर बर्खास्त एट्लेटिको मड्रिडको सहज जित पहिलो ट्वान्टी-२० मा वेस्ट इन्डिज विजयी

युएईविरुद्ध अमेरिकाको रोमाञ्चक जित

काठमाडौं । अमेरिकाले आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा मंगलबार घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध चार विकेटको जित दर्ता गरेको छ ।

जारी शृंखलामा अमेरिकाको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा अमेरिकाले नेपाललाई १०६ रनले पराजित गरेको थियो ।

जितसँगै २२ खेलमा ३२ अंक जोडेको अमेरिका शीर्ष स्थानमा छ । पराजित युएई १७ खेलबाट ६ अंकका साथ पुछारमा छ ।

दबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईले प्रस्तुत गरेको २१२ रनको लक्ष्य अमेरिकाले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

अमेरिकाका लागि मिलिन्द कुमारले ८१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी कप्तान मोनंक पटेलले ६७ बलमा पाँच चौकाको मद्दतले ५०, शुभम रन्जानेले अविजित ४६,  शयन जहान्गिरले १८ र हरमित सिंहले अविजित १४ रन बनाए ।

कुमारले छैटौं विकेटका लागि रन्जानेसँग ७३ र पाँचौं विकेटका लागि पटेलसँग ५२ रनको साझेदारी गरेका थिए ।

युएईका लागि जुनैद सिद्धिकीले तीन, सिम्रनजित सिंहले दुई तथा हैदर अलीले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको थियो ।

युएईका लागि हर्षित कौशिकले ५४ बलमा चार छक्का र एक चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी कप्तान राहुल चोपराले ३६, मोहम्मद शहदादले ३४, सोएब खानले २७,  मोहम्मद वसिमले २१ र हैदर अलीले १० रन बनाए ।

तेस्रो विकेटका लागि चोपरा र शहदादले ६६ रनको साझेदारी गरेका थिए ।

अमेरिकाका लागि शौरव नेत्रावल्करले तीन, जसदीप सिंह र शुभम रन्जानेले समान दुई तथा रुशिल उगारकरले एक विकेट लिए ।


भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain