काठमाडौं । इटालियन क्लब नापोलीका बेल्जियन मिडफिल्डर केभिन डी ब्रुएन कम्तिमा पनि दुई मैदान बाहिर रहने भएका छन् ।
इटालियन सिरी ‘ए’ अन्तर्गत शनिबार इन्टर मिलानविरुद्धको खेलमा उनी घाइते भएका थिए । डी ब्रुएनाको तिघ्रामा गम्भीर चोट लागेको छ ।
३४ वर्षीय डी ब्रुएनाले खेलको ३७औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थान म्याथियस ओलिभेराले लिएका थिए ।
३-१ को जित निकालेको उक्त खेलमा डी ब्रुएनाले ३३औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । उनी जुनमा इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट फ्रि-ट्रान्सफरमा नापोली भित्रिएका हुन् ।
उनले इटालियन सिरी ‘ए’ मा आठ खेल खेल्दा चार गोल गरेका छन् ।
भिडियो
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
क्यानमा कतिपय कुनबेला गल्ती गर्छ र तिललाई पहाड बनाउ भनेर कुरेर बसेकाहरु छन् II PARAS KHADKA II CAN
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
