काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रेसिडेन्ट लिग २०२५ को खेलतालिका सार्वजनिक गरेको छ ।
शनिबार एन्फाले सामाजिक सञ्जालमार्फत मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
यही कार्तिक १९ देखि मंसिर २ सम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा चित्लाङ एफसी र देउराली युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा प्रवेश पाउने प्रावधान छ । दुबै टोलीबाट शीर्ष दुई टोली राष्ट्रिय लिगका लागि पनि छनोट हुनेछन् ।
साढे चार वर्षअघि बाँकेको नेपालगंजमा प्रेसिडेन्ट लिगको पहिलो संस्करण सम्पन्न भएको थियो ।
भिडियो
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल
अन्तिम टोली छनोट गर्न 'टफ' छ मलाई ll HEAD COACH ll NATIONAL WOMEN'S FOOTBALL TEAM ll NABIN NEUPANE