आश्विन २९, २०८२ बिहीबार | ०२:३८:३२
ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा नेपालले दियो ओमानलाई १५२ रनको लक्ष्य, भुर्तेलको अर्धशतकीय पारी ओमानविरुद्ध भुर्तेलको अर्धशतक ओमानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल युएईको जितसँगै नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा कमजोर तुर्किमिनिस्तानविरुद्ध नेपालको दूर्भाग्यजनक बराबरी नेपाल र तुर्किमिनिस्तानबीचको पहिलो हाफ गोलरहित तुर्किमिनिस्तानसँग खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टमा झरनालाई मौका काभा नेसन्स कपको खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल तुर्किमिनिस्तानसँग पहिलो टेस्टमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो

ओमानलाई हराउँदै नेपाल उक्लियो शीर्ष स्थानमा

काठमाडौं । लगातार दोस्रो संस्करण ट्वान्टी-२० विश्वकपमा स्थान बनाएको दिन नेपालले एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले ओमानमाथि ३८ रनको जित हासिल गरेको छ ।

बुधबार अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले प्रस्तुत गरेको १५२ रनको लक्ष्य ओमानले भेट्टाउन सकेन । नेपालको कसिलो बलिङसामू ओमानका शीर्ष क्रमका ब्याटर निरीह रह्यो । ओमानले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै मात्र ११३ रन बनाउन सक्यो ।

ओमानका लागि सातौं नम्बरमा ब्याटिङका लागि आएका विकेटकिपर विनायक शुक्लले १९ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ३२ रनको योगदान गरे । त्यस्तै पाँचौं नम्बरमा आएका मोहम्मद नदीमले २५ रन बनाए । ओपनर तथा कप्तान जतिन्दर सिंहले १४ रन जोड्दा तेस्रो नम्बरका आर्यन विश्ट ११ रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि गुल्सन झाले चार ओभरमा ३१ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिँदा एक विकेट सन्दीप लामिछानेको नाममा रह्यो ।

जितसँगै नेपाल चार खेलमा स्पष्ट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेलबाट ६ अंक जोडेको ओमान दोस्रो स्थानमा झरेको छ । शुक्रबार नेपालले अन्तिम खेलमा समाओलाई हराए छनोट प्रतियोगिताको ट्रफी उचाल्नेछ । बुधबार नेपाल र ओमान दुबैले दुई खेलअगावै विश्वकपमा स्थान बनाएका थिए ।

तेस्रो ओभरमा नेपालले पहिलो विकेटको रुपमा कप्तान जतिन्दरको विकेट लिएको हो । सोमपालको बलमा जतिन्दर दीपेन्द्रसिंह ऐरिबाट क्याच भए । चौथो ओभरको चौथो बलमा अर्का ओपनर हम्माद मिर्जा नन्दनको शिकार बने । चार रनमा रहेका हम्माद भुर्तेलबाट क्याच भए । पावरप्लेको अन्तिम ओभरमा आमीर कलिम दीपेन्द्रबाट रनआउट भए । नवौं ओभरको दोस्रो बलमा आर्यनलाई सन्दीपले पेभिलियनको बाटो देखाए । जतिबेला टोलीले ३८ रन बनाएको थियो ।

स्कोरबोर्डमा तीन रन जोडिन नपाउँदै नेपालले पाँचौं सफलता हासिल गर्यो । नदीम खानलाई गुल्सनले बोल्ड गरिदिए । त्यसपछि क्रिजमा आएका विनायकले मोहम्मद नदीमसँग मिलेर ३१ रनको साझेदारी गरे ।

१४औं ओभरमा गुल्सनले लगातार दुई विकेट लिँदै नेपाललाई सहज जितको बाटोमा दोहोर्याए । मोहम्मद नदीमलाई रोहितबाट क्याच गराएका गुल्सनले जितेनकुमार रमानन्दीलाई बोल्ड गरे । ओमानले १८औं ओभरको चौथो बलमा विनायकलाई गुमायो । सोमपालको बलमा उनी गुल्सनबाट क्याच भए । १९औं ओभरको पहिलो बलमा सुफ्यान मेहमूदलाई नन्दनले कुशल भुर्तेलबाट क्याच गराए ।

त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर ब्याटिङको निर्णय गरेको नेपालले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल खडा गरेको थियो । मध्यक्रमका ब्याटर नचलेपनि भुर्तेल र उनका ओपनिङ जोडी आसिफ शेखको ब्याटबाट रन निस्किँदा नेपाल प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित ६९ रनको पारी खेले । भुर्तेलसँग पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेका आसिफले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । यसबाहेक गुल्सन झाले १८ र मोहम्मद आदिल आलमले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानका लागि नदीम खानले चार ओभरमा २० रन खर्चिँदै सर्वाधिक चार विकेट लिए । त्यस्तै सुफ्यान मेहमूद र जितेन रमानन्दीले दुई खेलाडीलाई पेभिलियनको बाटो देखाए ।

नदीमले आठौं विकेटमा ओमानलाई पहिलो र दोस्रो सफलता दिलाए । तेस्रो बलमा आसिफको विकेट लिँदै टोलीलाई ‘ब्रेक थ्रु’ दिलाएका नदीमले अन्तिम बलमा कप्तान रोहित पौडेलको विकेट हासिल गरे । रोहितले एक रनमा समेटिए ।

ओमानलाई तेस्रो र चौथो सफलता नदीमले नै दिलाए । १०औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरि एलबिडब्ल्युको शिकार बने । १२औं ओभरको चौथो बलमा कुशल मल्ल हमाद मिर्जाबाट क्याच भए । कुशलले ९ बलमा मात्र सात रन बनाउन सके । कुशल पेभिलियन फर्किएसँगै क्रिजमा आएका मोहम्मद आदिल आलमले जीवनदानको सदुपयोग गर्न सकेनन् । १५औं ओभरको अन्तिम बलमा आमीर कलिमले आलमको क्याच ‘ड्रप’ गरेका थिए । १७औं ओभरमा आलम सुफ्यान मेहमूदको बलमा जतिन्दर सिंहबाट क्याच भए । त्यही ओभरको अन्तिम बलमा भुर्तेल एलबिडब्लुको शिकार बने ।

प्रतियोगितामा भुर्तेलको यो दोस्रो अर्धशतक हो । यसअघि समूह चरणको खेलमा भुर्तेलले कुवेतविरुद्ध ६६ रनको पारी खेलेका थिए । उनको यो १३औै ट्वान्टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो ।

ओमानले १९औं ओभरको अन्तिम बलमा गुल्सन झाको विकेट हासिल गर्यो । यसपाली पनि बलर मेहमूद नै थिए । अन्तिम ओभरको पहिलो बलमा लोकेश बम जितेन रमानन्दीबाट बोल्ड हुन पुगे । अन्तिम बलमा नन्दन यादव रनआउट भए ।
 


भिडियो
क्लब र एन्फाको छलफलपछी लिग हुन्छ ANFA CEO INDRAMAN TULADHAR
HOME AND AWAY लिग तत्कालका सम्भव छैन ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
हुर्किँदै महिला फुटबलका प्रतिभाहरु II NEPAL WOMEN'S FOOTBALL, U-17 AFC ASIAN CUP QUALIFIERS
पंकजजी राजीनामा दिनुस, तपाईंले सक्नुभएन, हामी फुटबल गर्छौ llANFA Senior VP ll Bir Bahadur Khadka
तपाईं फुटबल गर्नुस, नसके राजीनामा गर्नुस हामी गर्छौ ll ANFA Member ll Rabindra Chand ll
हाम्रो अध्यक्ष पंकजज्यूलाई राम्रो मान्छेमा विश्वास छैन ll ANFA VP ll BIRAT JUNG SHAHI
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना