काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ३२ ले पराजित गर्दै क्रिस्ट प्यालेसले पहिलो पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ।
आइतबार वेम्बली रंगशालामा सम्पन्न खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
पेनाल्टी सुटआउटकम एफए कप विजेता क्रिस्टलका लागि जिन फिलिप माटेटा, इस्माइला सार र जस्टिन डेभेनीले गोल गर्दा एबेरेची एजे र बोर्ना सोसा भने चुके ।
लिभरपुलका लागि कोडी गाक्पो र डोमोनिक स्जोबोसज्लाइले गाृल गर्दा मोहम्मद सलाह, एलेक्सिस म्याक एलिस्ट र हार्वे इलियटको प्रहार भन गोलमा परिणत हुन सकेन ।
त्यसअघि लिभरपुलका लागि ह्युगो एकिटिके, जेरेमी फ्रिमपोंग तथा क्रिस्टलका लागि जिन फिलिप माटेटा र इस्माइला सारले गोल गरेका थिए ।
खेलको चौथो मिनेटमा एकिटिकेको गोलमार्फत लिभपुलले अग्रता लिएको थियो । १७औं मिनेटमा माटेटाले पेनाल्टीमार्फत क्रिस्टललाई बराबरीमा ल्याए ।
प्रिमपोंगले २२औं मिनेटमा गाृल गर्दा बार्सिलोना २-१ ले अगाडि बढ्यो । ७७औं मिनेटमा सारले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटसम्म पुर्याए ।