फाल्गुन १०, २०८२ आइतबार | ०६:५८:०२
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा
शनिबारको दिन नेपाली फुटबल

एएफसी यु-२० एसियन कप: नेपालको लक्ष्य उत्कृष्ट उपविजेता बन्ने

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित भयो ।

निर्णायक खेलमा बेहोरेको त्यो पराजय, विपक्षी स्ट्राइकरको ‘क्लास पर्फमेन्स’बाट खानुपरेका ती चार गोल अनि खेल सकिएपछिको रुवावासी इत्यादि कुराको सम्झना सेलाउन नपाउँदै नेपाली टोलीले अबको चार दिनपछि फेरि अर्को प्रतियोगिता खेल्दै छ ।

यही अगस्ट ६ देखि १० सम्म भुटानको राजधानी थिम्पुमा हुने एएफसी यु-२० एसियन कप छनोटमा नेपाली किशोरीहरूको प्रतिनिधित्व हुनेछ । टोली यसका लागि बिहीबार नै थिम्पु पुगिसकेको छ ।

थिम्पुमा समूह ‘ए’मा रहेको नेपालले आयोजक भुटानसँगै साउदी अरेबिया र तीन पटकको विश्वकप विजेता उत्तर कोरियासँग खेल्ने तालिका छ । उत्तर कोरिया एएफसी एसियन कप र विश्वकप दुवैको साबिक विजेता हो । सन् २०२४ मा उत्तर कोरिया एएफसी र फिफा दुवै प्रतियोगितामा च्याम्पियन बनेको थियो । एएफसी एसियन कपमा उत्तर कोरियाले आठ पटक फाइनल खेल्दा दुई पटक सफलता हासिल गरेको छ ।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङ कोरियाविरुद्ध डराएर नखेल्ने प्रतिक्रिया दिन्छन् । बुधबार बिदाइ कार्यक्रममा उनले आफूहरु प्रतियोगिताको ‘डार्कहर्स’ टोली भएको बताए ।

सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा उत्तर कोेरियापछिको बलियो टोली हो । नेपालभन्दा साउदी अरबिया ६५ र भुटान ७१ स्थान तल छ । नेपाल हाल १००औं स्थानमा छ भने उत्तर कोरिया नवौं स्थानमा ।

नेपाली यु -२० टोली ।  

सिंगल राउन्ड रोविन पद्धतिको प्रतिस्पर्धापछि समूहको शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० एसियन कपको १२औं संस्करणमा स्थान बनाउने छ । यो भनेको सन् २०२६ मा पोल्यान्डमा हुने फिफा यु-२० विश्वकपको १२औं संस्करणमा पुग्ने बाटो  हो ।

समूह चरणपछि तीन उत्कृष्ट उपविजेता टोलीले पनि थाइल्यान्डको टिकट काट्ने छन् । त्यसैले नेपाललाई भुटान र साउदी अरेबियाविरुद्ध फराकिलो जितको विकल्प छैन । त्यसपछि उत्तर कोरियासँग बढीमा पनि बराबरी नतिजाको अपेक्षा रहनेछ अनि कम्तीमा कमभन्दा कम गोल खाने ।

नेपालले सुरुमा भुटान अनि त्यसपछि साउदी अरेबियासँग खेल्नेछ । त्यसपछि उत्तर कोरियासँग खेल्ने तालिका छ । नेपाली महिला फुटबलको इतिहास पल्टाएर हेर्ने हो भने टोली जहिल्यै निर्णायक भिडन्तमा निराश बन्नुपरेको छ । सधैं भाग्यबाट ठगिनुपर्ने बाध्यता नेपाली महिला टोलीले आत्मसात गर्दै आएका छन् । अब उत्तर कोरियासँग भने भाग्यको कुरा जोडिँदैन ।

उत्तर कोरियाविरुद्ध खेल्न नेपाली टोली तयार छ त ?

भुटान भ्रमणका लागि आफूले डिफेन्स र मिडफिल्डमा काम गरेको प्रशिक्षक गुरुङ दाबी गर्छन् ।

मुख्य प्रशिक्षक यामप्रसाद गुरुङ कोरियाविरुद्ध डराएर नखेल्ने प्रतिक्रिया दिन्छन् । बुधबार बिदाइ कार्यक्रममा उनले आफूहरु प्रतियोगिताको ‘डार्कहर्स’ टोली भएको बताए ।

नेपाली यु-२० टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ, तस्विरः सरोज सापकोटा/खेलाडी ।  

‘उत्तर कोरिया बलियो टोली हो । तर, हामी पनि अँध्यारोमा कुद्ने मान्छेहरू हौं हामी । को विश्वकप च्याम्पियन हो, को एएफसी च्याम्पियन हो, त्यसमा हामीले ध्यान दिएका छैनौं,’ प्रशिक्षक गुरुङले भने, ‘सकबर हामी बचेर खेल्ने प्रयास गर्नेछौं ।’

ढाकामा अन्तिम तथा निर्णायक खेलमा डिफेन्स र मिडफिल्डमा तालमेल नमिल्दा नेपाल घरेलु टोली बंगलादेशसँग ४-० ले निराश बनेको थियो । उक्त खेल जितेको भए नेपालले साफ च्याम्पियनसिपको उपाधि जित्ने समीकरण थियो ।

भुटान भ्रमणका लागि आफूले डिफेन्स र मिडफिल्डमा काम गरेको गुरुङ दाबी गर्छन् ।

‘मैले बंगलादेश भ्रमणपछि ६ दिनको प्रशिक्षणको समय पाएँ । यो समयमा मैले मिडफिल्ड र डिफेन्सको तालमेलमा होमवर्क गरेँ । थिम्पुमा हामी काउन्टर फुटबल नै खेल्ने योजना छ,’ गुरुङले भने ।

एन्फाका महासचिव किरण राईले पनि प्रशिक्षक गुरुङकै कुरामा जोड दिएका थिए । उत्तर कोरिया विश्वकप खेलेको छ भन्दैमा आत्तिनु नपर्ने उनको तर्क थियो ।

साफ यु-२० च्याम्पियनसिपमा बंगालदेसँग प्रतिस्पर्धा गर्दै नेपाल (रातो जर्सी) । 

‘मैदानभित्र प्रवेश गरिसकेपछि विगतका दिनमा कसले के उपलब्धि हासिल गरेको छ, त्यसले मान्यता राख्दैन । यो ११ विरुद्ध ११ को खेल हो, त्यसैले विश्वकप जितिसकेको टोली हो भन्दैमा उत्तर कोरियाविरुद्ध आत्तिनुपर्ने अवस्था छैन,’ राईले भने ।