काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टोली घोषणा भएको छ ।
सोमबार घोषणा भएको १५ सदस्यीय टोलीको नेतृत्व विना थापाले गर्नेछिन् । प्रतियोगिता माघ १ देखि १२ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
कर्णालीले माघ १ मा विभागीय टोली नेपाल एपिएफ क्लबसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।
कर्णालीको टोली
विना थापा (कप्तान), रमा बुढाथोकी, अन्जु गुरुङ, विमला बुढा, एञ्जिला थापा, गौरी बोहरा, दीक्षा पुरी, राशि खड्का, सीमाना मल्ल, सिम्रन विष्ट, श्रुति बुढा, सोविका शाही, सविता चौधरी, सरिता विष्ट, अश्मिका केसी