माघ १, २०८१ मंगलबार | १८:३२:१८
युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित टाइगर कपमा दुई विदेशीसहित १२ टोलीको सहभागिता रहने अस्ट्रेलियालाई एकदिवसीय शृखला युवा महिला विश्वकपको ट्रफी सार्वजनिक, सबै कप्तानको सामूहिक फोटोसेसन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल एपिएफको सानदार जित टीएस ठकुरी एम्सको एम्बासडरमा नियुक्त सातदोबाटोको कठिन जित टाइगर कपमा दुई विदेशीसहित १२ टोलीको सहभागिता रहने अस्ट्रेलियालाई एकदिवसीय शृखला युवा महिला विश्वकपको ट्रफी सार्वजनिक, सबै कप्तानको सामूहिक फोटोसेसन

भारतलाई एकदिवसीय शृंखला

आयरल्यान्डविरुद्ध शतक प्रहार गरेकी जेमिमाह रोड्रिग्वेज,तस्विरः बिसिसीआइ ।

काठमाडौं । जेमिमाह रोड्रिग्वेजको शतकप्रेरित घरेलु टोली भारतले एक खेल अगावै आयरयान्डविरुद्धको महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

राजकोटस्थित सौराष्ट्र क्रिकेट संघको मैदानमा आइतबार सम्पन्न दोस्रो खेलमा भारतले ११६ रनको फराकिलो जित दर्ता गर्यो ।

जितसँगै भारतले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।

भारतले प्रस्तुत गरेको ३७१ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५४ रन मात्रै बनाउन सक्यो ।

आयरल्यान्डका लागि क्रिस्टिना राइलीले ११३ बलमा १० चौकाकाको मद्दतले सर्वाधिक ८० रनको योगदान गरिन् । यसैगरी  सारा फोर्बेसले ३८, लोरा डेलानीले ३७, लेहा पउलले अविजित २७, अर्लेन केलीले १९, कप्तान गाबी लुइसले १२ र  एभा क्यानिङले ११ रन बनाए ।

आयरल्यान्डविरुद्ध विकेट लिएपछि खुसीयाली मनाउँदै भारतीय खेलाडी ,तस्विरः बिसिसीआइ ।

राइलीले चौथो विकेटका लागि डेलानीसँग ८३ र दोस्रो विकेटका लागि फार्बससँग ५५ रनको साझेदारी गरिन् ।  भारतका लागि दिप्ति शर्माले तीन, प्रिया मिश्राले दुई तथा तितस साधु र सायली सातघरेले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३७० रनको योगफल तयार पारेको थियो । भारतका लागि जेमिमाह राड्रिग्वेजले ९१ बलमा १२ चौकाको मद्दतले सर्वाधिक १०२ रनको योगदान गरिन् ।

यसैगरी हर्लिन देवलले ८९, कप्तान स्मृति मन्धनाले ७३, प्रतिका रावलले ६७ र ऋचा घोषले १० रन बनाए ।

तेस्रो विकेटका लागि रोड्रिग्वेज र देवलले १८३ र पहिलो विकेटका लागि मन्धना र रावलले १५६ रनको साझेदारी गरे ।आयरल्यान्डका लागि ओर्ला प्रेन्डरगास्ट र अर्लेन केलीले समान दुई तथा जर्जिना डेम्प्सीले एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO