काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताका लागि विभागीय टोली नेपाल एपिएफ क्लबको टोली घोषणा भएको छ ।
आइतबार घोषणा भएको १४ सदस्यीय टोलीको नेतृत्व इन्दु बर्माले गर्नेछिन् । टोलीमा अलराउन्डर सीता रानामगर भने छैनन् ।
प्रतियोगिता माघ १ देखि १२ गतेसम्म धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।
एपिएफले माघ १ गते कर्णाली प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
एपिएफको टोली
इन्दु बर्मा (कप्तान), राजमति ऐरी, सरिता मगर, ममता चौधरी, कविता जोशी, विनु बुढामगर, रेखा रावल, रोमा थापा (विकेटकिपर), सवनम राई, करुणा भण्डारी, निशा भट्ट, सुमन विष्ट, नगीता पुन, सन्जु लामा