मंसिर १२, २०८१ बुधबार | १२:३१:११
सुदूरपश्चिमलाई सूर्य प्लाइको साथ इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित सुदूरपश्चिमलाई सूर्य प्लाइको साथ इङ्लिस अलराउन्डर बेन माइक जनकपुरमा आर्सनलको फराकिलो जित बायर्नले पिएसजीलाई हरायो घरेलु मैदानमै बराबरीमा रोकियो म्यानचेस्टर सिटी इन्टर मिलानको अपराजित यात्रा कायमै बार्सिलोनाको सहज जित नेपाल आइपुगे चाडविक वाल्टन र बाबर हायत नेपाल लगातार दोश्रो खेलमा विजयी टिआइएको दोहोरो जित

सुदूरपश्चिमको माटोमा शक्ति छ : जगत टमाटा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले सुदूरपश्चिमको माटोमा शक्ति रहेको बताएका छन् ।

आसन्न एनपिएलका लागि सोमबार त्रिवि क्रिकेट मैदानमा खेलाडी डटकमसँग टमाटाले सुदूरपश्चिम रोयल्सको क्रिकेट माहोललाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हामीसँग अधिकांश खेलाडी सुदूरपश्चिम प्रदेशका छन् । त्यसैले पनि तालमेल मिलिरहेको छ,’ टमाटाले भने, ‘अवश्य पनि यो टोलीले सुदूरपश्चिमको माटोलाई न्याय गर्छ ।’

‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्दा खुसी लागिरहेको छ । सुदूरपश्चिमको माटोमा शक्ति छ । सुदूरपश्चिमले ठूल–ठूला खलाडीलाई जन्म दिएको छ । यो खेलाडी उत्पादनको उर्वरभूमि हो,’ सुदूरपश्चिमका स्थानीय टमाटाले थपे ।

अलराउन्डर दीपेन्द्र सिंह ऐरि मार्की खेलाडी रहेको सुदूरपश्चिमले टोलीमा आफ्ना प्रदेशका खेलाडीलाई प्राथमिकतामा राखेका छन् । दीपेन्द्र आफैं सुदूरपश्चिमका हुन् । टोलीले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड अम्बासडरका रुपमा नियुक्त गरेको छ । विष्ट पनि सुदूरपश्चिमका हुन् ।

त्यस्तै टमाटाले ट्वान्टी २० खेलमा नतिजाको अनुमान गर्न गाह्रो हुने पनि बताए । उनले अनपेक्षित नतिजा आउन सक्ने प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको प्रतिक्रिया दिए ।

‘टोलीमा जुनियर, सिनियर र विदेशी खेलाडीको तालमेल छ । त्यसैले मैदानमा राम्रो प्रदर्शन गर्नेमा आशा राखेको छु,’ टमाटाले भने, ‘तर यो भनिरहँदा ट्वान्टी २० मा एउटा ओभरले पनि नतिजामा फरक पार्न सक्छ । हामी त्यसका लागि तयार रहनुपर्छ । सहभागि सबै टोली बलिया छन् ।’

सुदूरपश्चिमले एनपिएलका लागि स्कट्ल्यान्डका ब्रेन्डन म्याकमुलेन, इङ्ल्यान्डका सेइफ जयब, न्युजिल्यान्डका स्कट कुगुलेजीन र युएईका रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ ।

ब्याट्सम्यान आरिफ सेख र बलर अभिनास बोहोरा सुदूरपश्चिमका हेर्नलायक घरेलु खेलाडी हुन् । सुदूरपश्चिमको आइकनिक खेलाडीमा बसन्त खत्री छन् ।

सुदूरपश्चिमले मंसिर १८ गते विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
 


भिडियो
AASIF SHEIKH: ‘प्रधानमन्त्रीले क्याप्टेन कुल भन्दा खुसी लाग्यो’ Janakpur Bolts Nepal Premier League
Nepal premier League लाई तयार हुँदै टिम KATHMANDU GURKHAS II NPL
Nepal Premier League को तयारीमा धार लगाउँदै सुदूरपश्चिमको टोली : Sudurpaschim Royals II NPL
HEMANTA DHAMI: खेलाडी कन्फिडेन्ट छन्, यु–१९ एसिया कपमा राम्रो प्रदर्शन गर्नेछौं । U 19 team captain
BASHANTA KHATRI: ‘सिक्नको लागि एनपिएल राम्रो प्लेटफर्म हुनेछ’ NPL Sudurpaschim Royals, Iconic Player
ABHINASH BOHARA: टियु मैदान धेरै राम्रो भइसकेछ, हेर्दा विश्वासै भएन । कहिले ग्राउन्ट छिरौं भइरहेछ
ANIL KUMAR SHAH: यो लिग हाम्रो लागि हो, NPL मा विदेशीभन्दा पनि नेपाली खेलाडीले राम्रो गर्नुपर्छ