कार्तिक २९, २०८१ बिहीबार | ०९:४२:१०
रियालको फराकिलो जित तेस्रो ट्वान्टी-२० मा भारत विजयी भारतीय क्रिकेटर शिखर धवन कर्णालीमा शारीरिक सुगठन टोली स्वेदश फर्कियो टिआइए कपः भ्याली पब्लिकको दोहोरो जित नेपाल ताजकिस्तानसँग पराजित अफगानिस्तानका इस्मत आलम विराटनगरमा अनुबन्ध नेपाल यु-१९ एसिया कपमा पनि छनोट उमा कुङफु संघको अध्यक्षमा संजितकुमार राई मनाङविरुद्ध पुलिसको सानदार जित रियालको फराकिलो जित तेस्रो ट्वान्टी-२० मा भारत विजयी भारतीय क्रिकेटर शिखर धवन कर्णालीमा शारीरिक सुगठन टोली स्वेदश फर्कियो टिआइए कपः भ्याली पब्लिकको दोहोरो जित नेपाल ताजकिस्तानसँग पराजित अफगानिस्तानका इस्मत आलम विराटनगरमा अनुबन्ध नेपाल यु-१९ एसिया कपमा पनि छनोट उमा कुङफु संघको अध्यक्षमा संजितकुमार राई मनाङविरुद्ध पुलिसको सानदार जित

पोखराले भित्र्यायो छैटौं विदेशी खेलाडी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोलीले पोखरा एभेन्जर्सले आफ्नो छैटौं विदेशी खेलाडीका रूपमा स्कटिस अरलाउन्डर माइकल लिस्कलाई अनुबन्ध गरेको छ ।

पोखराले सामाजिक सञ्जालमार्फत ३४ वर्षीय लिस्कलाई अनुबन्ध गरेको जानकारी दियो । स्कटल्यान्डका लागि ६७ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा एक अर्धशतकसहित ७२६ रन प्रहार गरेका लिस्कको नाममा ४१ विकेट पनि छ ।

यसअघि टोलीले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौस, नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडे, वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, इङ्ल्यान्डका अलराउन्डर म्याट क्रिचली र वेस्ट इन्डिजका अलराउन्डर रेमन रेफरलाई भित्र्याएको थियो ।

टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।

पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेल छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा पोखरासँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
राष्ट्रिय फुटबल टिमका CAPTAIN KIRAN CHEMJONG र FORMER PLAYER MANSAJAN RAJBHANDARI को चिया पसल
Kathmandu Gurkhasका Marquee खेलाडी Karan KC भन्छन्ः मभन्दा राम्रा प्रतिभा निस्कन्छन्
kathmandu gurkhas को ट्यालेन्ट हन्टमा प्रतिभाको घुँइचो NEPAL PREMIER LEAGUE
सुदूरपश्चिमको टिम ब्यालेन्स छ : Dipendra Singh Airee Sudurpaschim Royals Nepal Premier League (npl)
KHELADI ON THE SPOT : चीनमा हामिले धेरै कुरा सिक्यौं UPENDRAMAN SINGH
सिस्नेरी पहिरोमा मृत्यु भएका खेलाडीको ४५औं पुण्यतिथीमा सम्हालिन सकेनन् आफन्त ANFA
कहिल्यै क्रिकेट ब्याट नसमातेका महानायक RAJESH HAMAL एनपिएलसँग जोडिँदा उत्साहित NEPAL PREMIER LEAGUE