काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बुधबार मनाङ मर्स्याङ्दी क्लबविरुद्ध ७-० को फराकिलो जित निकालेको छ ।
जितसँगै शीर्षस्थानमा रहेको पुलिसको ९ खेलबाट २३ अंक छ। मनाङको समान खेलबाट १८ अंकका साथ दोस्रो स्थानमा छ।
पुलिसको जितमा आदित्य ढुंगेलले ह्याट्रिक गरे। यसैगरी विक्रम गौतमले दुई तथा लक्ष्मण थामी र साजनराज गौतमले समान गोल गरे ।
खेलको नवौं मिनेटमा साजनराजको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । दुई मिनेटपछि नै लक्ष्मणले टोलीको अग्रता दोब्बर बनाए ।
आदित्यले २६ र ४४औं मिनेटमा गोल गर्दा पुलिसले पहिलो हाफमै ४-० को फराकिलो अग्रता बनायो ।
विक्रमले ७९ र ८५ मिनेटमा गोल गर्दै पुलिसको अग्रता ६-० मा पुर्याए । ८७औं मिनेटमा रोजन प्रधानले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि मनाङ १० खेलाडीमा समेटियो ।
इन्जुरी समयमा आदित्यले ह्याट्रिक पूरा गर्दै पुलिसलाई सानदार जित दिलाए ।
बुधबारै सम्पन्न अर्को खेलमा जावलाखेल युथ क्लबले न्युरोड टिम (एनआरटी) विरुद्ध २-१ को जित निकाल्यो ।