काठमाडौं । नेपाल पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुधबार घरेलु टोली ताजकिस्तानसँग ४-० ले पराजित भएको छ ।
सेन्ट खेल सेन्ट्रल रिपब्लिकन रंगशालामा ताजकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएव र मनुचेखर जालिलोभले समान दुई गोल गरे।नेपालले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल ब्यहोरेको थियो ।
खेलको १९ औं मिनेटमा माबत्शोएवको गोलमार्फत ताजकिस्तानले अग्रता लिएको थियो । १० मिनेटपछि नै जालिलोभले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको अन्तिम मिनेटमा माबत्शोएवले व्यक्तिगत दोस्रो गोल गर्दा ताजकिस्तान ३-० ले अगाडि बढ्यो । ५०औं मिनेटमा जालिलोभले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को सानदार जित दिलाए ।
यही खेलमार्फत मिडफिल्डर रोहन कार्कीले सिनियर टोलीबाट अन्त्र्राष्ट्रिय डेब्यू गरेका छन् । उनले पहिलो रोजाइमै मौका पाएका थिए ।
अब नेपालले शनिबार अफगानिस्तानको सामना गर्नेछ ।