काठमाडौं । एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली राष्ट्रिय टोलीले प्रतियोगिताअघि ५० ओभरको पाँच अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) मंगलबार अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो । बुधबारबाट सुरु हुने अभ्यास खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । एक दिन बिराएर हुने अभ्यास खेलहरु बिहीबारसम्म चल्नेछ ।
कर्नाटकासँग पाँच अभ्यास खेल खेलेपछि टोली एसिया कपका लागि प्रस्थान गर्नेछ । एसिया कप मंसिर १४ देखि २३ सम्म युएईमा हुँदैछ ।
एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भइसकेको छ । १८ सदस्यीय नेपाली टोलीको नेतृत्व हेमन्त धामीले गर्नेछन् ।
समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्नेछ ।
टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।
नेपाली टोली
हेमन्त धामी(कप्तान), आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल(उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारीm दिल्सद अली, रिञ्जत कुमार